• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नरभक्षी बाघलाई हालियो खोरमा

सर्पले डसेर महिलाको मृत्यु

झिनो अंकले बढ्यो नेप्से

खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

चक्कु प्रहार गरी मजदुरको हत्या

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

इन्डोनेसियामा डुंगामा आगलागी, ११२ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ६. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै


    Avatar photo
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो ।

Advertisement

स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको जनाइएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले रु दुई करोड ६१ लाख ४८ हजार ८३५ लागतमा बेलिब्रिज जडान गर्न लागिएको जानकारी दिनुभयो । “पिखुवा खोलामा बेलिब्रिज निर्माणको काम अघि बढाएका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “अहिले आवश्यक प्रक्रिया पूरा भइसकेको छ । वर्षात् कम हुनासाथ निर्माण कार्य सुरु गर्ने तयारीमा छौँ ।”

निर्माणको जिम्मा राउन कन्स्ट्रक्सन, उदयपुरले लिएको छ । आगामी भदौको पहिलो सातादेखि निर्माण सुरु गरी निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिका क्षेत्रको पूर्वाधार विकास क्रमशः अगाडि बढिरहेको उल्लेख गर्दै मोटरेबल बेलिब्रिज निर्माणको चरणमा पुग्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

धेरै समयको मेहनतपछि बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएको उहाँले जानकारी दिनुभयो । “धेरै समयको पहल कदमी र मेहनतपश्चात् फत्तेपुर दोभानमा बेलिब्रिज निर्माणको काम अघि बढाउन सफल भएका छौँ”, अध्यक्ष राईले भन्नुभयो,“ मोटरेबल पुल नहुँदा वर्षौंदेखि स्थानीयले सास्ती खेप्दै आएको अवस्था छ । पुल निर्माणसँगै यातायात अझ सहज बन्नेछ । यो हाम्रो क्षेत्रको दीर्घकालीन विकाससँग जोडिएको पनि आयोजना हो ।”

उहाँका अनुसार पुल निर्माण सम्पन्न भएपछि अरुण करिडोरसँग सहज रूपमा जोडिँदै तिवारी भञ्ज्याङबाट धरानसम्मको दूरी ८१ किलोमिटरमा सीमित हुनेछ । यसले यातायात, व्यापार तथा सेवा प्रवाहमा सुधार ल्याउने अध्यक्ष राईको भनाइ छ ।

स्थानीयका अनुसार हाल उक्त क्षेत्रमा स्थायी पुलको अभावका कारण वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको छ ।

पुल निर्माणपछि स्थानीयको दैनिक जीवनयापनमा सहजता आउने स्थानीयवासी सरोज राईले बताउनुभयो । उहाँले गाउँपालिकाको पहलमा यहाँ बेलिब्रिज निर्माण अघि बढ्नु सकारात्मक र आवश्यक कदम रहेको बताउनुभयो ।

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नरभक्षी बाघलाई हालियो खोरमा
सर्पले डसेर महिलाको मृत्यु
झिनो अंकले बढ्यो नेप्से
खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता
चक्कु प्रहार गरी मजदुरको हत्या
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

भर्खरै

  • १.
    नरभक्षी बाघलाई हालियो खोरमा

  • २.
    सर्पले डसेर महिलाको मृत्यु

  • ३.
    झिनो अंकले बढ्यो नेप्से

  • ४.
    खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

  • ५.
    चक्कु प्रहार गरी मजदुरको हत्या

  • ६.
    नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

  • ७.
    ‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

  • ८.
    भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.