मेष- कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ। यात्रामा सावधान रहनु होला। बेकारको विवादमा फस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै वेश हुनेछ।
वृष– काममा समस्या सामना गर्नुपर्ला। गलत लेनदेनमा समस्या आउन सक्छ। जागिरमा भने सम्मान पाइनेछ। अरूबाट प्रशंसा पाउनु होला। मन हर्षित रहने छ।
मिथुन- मनमा हौसला बढ्ने छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा प्रगति हुनेछ।
कर्कट- लाभदायक दिन छ। कृषिजन्य पेशा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिने छैन। चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ।
सिंह- धन नाश हुने दिन छ। पीडा दिनेहरू सक्रिय रहलान्। खानामा पनि सावधानी अपनाउनु होला।
कन्या- अधुरा कामहरू बन्ने छन्। आफन्तहरूको उचित सहयोग मिल्नेछ। पढाइमा सफलता मिल्नेछ। नयाँ कामको थालनी हुने दिन छ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ।
तुला- अर्थलाभका अवसर आउने छन्। तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ। सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। घरमा भने पाहुनाले सताउलान्।
वृश्चिक- रमणीय र सुखद यात्राको योग छ। जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।
धनु- पढाइलेखाइमा ध्यान दिन नसकिएला। घरेलु समस्याले सताउला। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन्। धनमाल हराउनाले मनमा पीडा थपिने छ।
मकर- नोकरी र राजनीतिमा मान सम्मान पाउने योग छ। अरूको मन जित्न सकिने छ। आकस्मिक धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
कुम्भ- सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। रोकिएका काम सजिलै सम्पन्न हुनेछन्। आर्थिक पक्ष सन्तोषजनक रहने छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ।
मीन- व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग गर्लान्। आफन्तको सहयोगचाहिँ नपाइएला। साथीभाइसँग भेटघाट पनि होला।