• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

फिलिपिन्समा भवन दुर्घटना

    Avatar photo
आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

मनिला- फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ । दुर्घटनापछि उद्धार अभियान तीव्र पारिएको छ भने कम्तीमा २२ जना कामदार जीवितै बाहिर निस्कन सफल भएका छन् ।

Advertisement

प्रहरीका अनुसार पम्पङ्गा प्रान्तस्थित एन्जलस सहरमा आँधीबेहरीका बीच बिहान सबेरै निर्माणाधीन भवन एक्कासि ढलेको थियो । घटनापछि १०० भन्दा बढी प्रहरी, उद्धारकर्मी र सरकारी कर्मचारीहरू भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धारमा खटिएका छन् ।

दुर्घटनास्थलमै रहेका प्रहरी ब्रिगेडियर जनरल जेस मेन्डेजले तत्काल मृत्युको पुष्टि नभएको जानकारी दिनुभयो । उहाँका अनुसार भवनबाट बाहिर निस्कन सफल भएका २२ जना कामदारमध्ये केही घाइते भएका छन् ।

मेन्डेजले भग्नावशेषभित्र कति जना अझै फसेका छन् भन्ने यकिन तथ्याङ्क तत्काल उपलब्ध नभएको बताउनुभयो । तर एन्जलस सिटी सूचना कार्यालय प्रमुख जे पेलायोले एक निर्माण फोरम्यानलाई उद्धृत गर्दै कम्तीमा ३० जना कामदार अझै भग्नावशेषमुनि फसेको हुन सक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

उद्धार टोलीहरूले भारी उपकरणसहित भग्नावशेष हटाउने, सम्भावित जीवित व्यक्तिको खोजी गर्ने तथा जोखिमयुक्त संरचनाको मूल्याङ्कन गर्ने काम जारी राखेका छन् । अधिकारीहरूले भवन किन ढल्यो भन्ने विषयमा पनि प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् ।

एन्जलस सहर फिलिपिन्सको प्रमुख आर्थिक र व्यावसायिक केन्द्रमध्ये एक मानिन्छ । यो क्षेत्र सन् १९९० को दशकको सुरुसम्म अमेरिकी मुख्य भूमिबाहिरका सबैभन्दा ठूला अमेरिकी वायुसेना अड्डामध्ये एकको केन्द्रका रूपमा परिचित थियो । अमेरिकी सैन्य अड्डा बन्द भएपछि एन्जलस र आसपासका क्षेत्रहरू क्रमशः व्यापार, सेवा र मनोरञ्जन केन्द्रका रूपमा विकसित भएका थिए ।

पुरानो अमेरिकी वायुसेना अड्डा अहिले ‘क्लार्क फ्रिपोर्ट जोन’का रूपमा सञ्चालनमा रहेको छ । उक्त क्षेत्र एन्जलस सहरमा, मेट्रो मनिलाबाट करिब ८० किलोमिटर उत्तरतर्फ अवस्थित छ ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट
वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

भर्खरै

  • १.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • २.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ३.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ४.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • ५.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • ६.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ७.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ८.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.