• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

संस्कृति जोगाउन धरानमा लिम्बु समुदायको केलाङ नाच प्रशिक्षण


    Avatar photo
शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित

सुनसरी-  लिम्बु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा नयाँपुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धरानमा केलाङ (च्याब्रुङ) नाच प्रशिक्षण सञ्चालन भइरहेको छ ।

Advertisement

प्रशिक्षक कुमार हुक्पा चोङ्बाङले आधुनिकताको प्रभावसँगै युवापुस्तामा मौलिक संस्कृतिप्रतिको आकर्षण घट्दै गइरहेका बेला यस्ता प्रशिक्षणले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले प्रशिक्षणमा सहभागीलाई केलाङ नाचको शैली, सांस्कृतिक महत्व, बाजागाजा तथा पारम्परिक प्रस्तुतिबारे सिकाइ भइरहेको जानकारी दिनुभयो ।

लिम्बु समुदायमा विवाह, व्रतबन्ध, घरपैँचोलगायत अवसरमा गीतको भाकासहित प्रस्तुत गरिने केलाङ नाच सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश मानिन्छ । चोङ्बाङले नयाँपुस्तालाई यही, शैली र मान्यता हस्तान्तरण गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रशिक्षार्थी अमित थेबेले केलाङ प्रशिक्षणले आफ्नो संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “भाषिक तथा सांस्कृतिक सम्पदाको पुस्तान्तरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुनुका साथै हाम्रा अग्रजहरूले संरक्षण गर्दै आएका संस्कृतिलाई नयाँपुस्ताले पनि जोगाउन आवश्यक छ ।”

प्रशिक्षार्थी सन्जु लिम्बूले पहिलो पटक केलाङ प्रशिक्षणमा सहभागी भएको अनुभव सुनाउँदै प्रशिक्षणपछि आफ्नो संस्कृतिबारे अझ नजिकबाट बुझ्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीजस्ता युवापुस्ताले आफ्नो संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ । लिम्बु समुदायले विभिन्न अवसरमा केलाङ नाचमार्फत संस्कृति प्रदर्शन गरिरहेका हुन्छन्, यो प्रशिक्षणपछि हाम्रा मौलिक कला, संस्कृति र परम्परा हस्तान्तरण र संरक्षण हुने विश्वास छ ।”

धरान उपमहानगरपालिकाको आर्थिक सहयोग तथा किरात याक्थुङ चुम्लुङ धरान-१९ कार्यसमितिको आयोजनामा प्रशिक्षण सञ्चालन भइरहेको छ । कार्यसमिति अध्यक्ष प्रेमकुमार इधिङ्गो लिम्बूले भन्नुभयो, “हामीले अपेक्षा गरेकोभन्दा बढी युवापुस्ताको सहभागिताले उत्साहित भएका छौँ । प्रशिक्षणमा लिम्बु समुदाय मात्र नभई विभिन्न समुदायका युवाको सहभागिताले परम्परागत कला र संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ ।”

अध्यक्ष इधिङ्गोका अनुसार केलाङ नाच लिम्बु समुदायको मौलिक सांस्कृतिक पहिचान भए पनि यसको संरक्षण र प्रवर्द्धन सबैको साझा जिम्मेवारी हो । उहाँले ८० जनाभन्दा बढीको सहभागिता रहेको प्रशिक्षण आइतबारसम्म सञ्चालन हुने जानकारी दिनुभयो । आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रशिक्षार्थी विजय रम्तेलले आफू लिम्बु समुदायको नभए पनि साथीहरूको प्रेरणाले केलाङ नाच सिक्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा केलाङ नाच निकै गाह्रो लागेको थियो, तर सिक्दै जाँदा सहज भयो । विशेषगरी लिम्बु समुदायको पहिरन र संस्कार मन परेको छ, यसको संरक्षण र पुस्तान्तरण आजको आवश्यकता हो ।”

केलाङ नाचप्रति युवापुस्ताको रुचि र लगाव रहेको किरात याक्थुङ चुम्लुङ सङ्घीय सल्लाहकार नरप्रसाद लुम्फलुङ्वाले बताउनुभयो । सोही कारणले लिम्बु समुदायको संस्कृति संरक्षण गर्दै यसका माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।

केलाङ अर्थात् च्याब्रुङ नाच लिम्बु (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक लोकनृत्य हो । च्याब्रुङ बाजाको तालमा सामुहिक रूपमा प्रस्तुत गरिने यो नृत्यले लिम्बू समुदायको संस्कृति, परम्परा, प्रकृतिप्रेम र सामुदायिक एकतालाई प्रतिविम्बित गर्ने लुम्फलुङ्वाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विवाह, उभौली तथा उधौली, मेला, उत्सव तथा विभिन्न शुभ अवसरमा प्रस्तुत गरिने केलाङ नाच प्रस्तुत गरिन्छ । ढोलजस्तै देखिने च्याब्रुङ बाजाको धुनमा नाचिने यो नृत्यमा चराचुरुङ्गी तथा जनावरका चालको अभिनयसमेत समावेश गरिन्छ ।

युवायुवती मौलिक भेषभूषामा सजिएर सामूहिक रूपमा प्रस्तुत हुने केलाङ नाचमा लिम्बु भाषाका गीत, पारम्परिक संस्कार र मौलिक संस्कृतिको झल्को पाइन्छ । लिम्बु समुदायले केलाङ नाचलाई मनोरञ्जनको माध्यम मात्र नभई सांस्कृतिक पुस्तान्तरण, सामाजिक एकता र परम्परा संरक्षणको महत्वपूर्ण आधारका रूपमा लिने गरेका छन् ।

शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ
अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार
राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट
वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

भर्खरै

  • १.
    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

  • २.
    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

  • ३.
    राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल : सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

  • ४.
    सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

  • ५.
    वर्षाले श्रीलङ्काको जनजीवन प्रभावित

  • ६.
    ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

  • ७.
    पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

  • ८.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.