सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।
Advertisement
यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
यसअघिका डीआईजी नारायणदत्त पाैडेल आईजीपी भएपछि रिक्त एआईजी पदमा पाेखरेललाई बढुवा गर्न सिफारिस गरिएकाे हाे।