• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

प्रदर्शनी मार्गमा बालेन शाह स्टाइल !


मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित

काठमाडौं- प्रदर्शनी मार्गको राष्ट्रिय सभागृह यतिबेला सबैको चासोको केन्द्रमा छ। र, सबैको ध्यान खिचेका छन्, काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले।

Advertisement

दैनिक २-३ पटक बालेन भृकुटीमण्डप अघिल्तिर राष्ट्रिय सभागृहको गेटसम्म पुगिरहेका हुन्छन्। र, आफ्ना समर्थकहरूलाई भेटिरहेका हुन्छन्। अनि भनिरहन्छन्, ‘कसैको विरुद्धमा नारा नलगाउनु होला, कसैलाई कुनै आरोप नलगाउनु होला। म कसैलाई आरोप लगाउन जान्दिनँ। आरोप लगाउन आएको पनि होइन।’

उनले त्यसो भन्दै गर्दा त्यसअघि उत्तेजनामा देखिने समर्थकहरू शान्त हुन्छन्। प्रायः बिहान र साँझपख आफ्ना समर्थकलाई भेटर ऊर्जा दिइरहेका हुन्छन्, बालेनले। साथै नारा लगाउँदा सभ्य भएर प्रस्तुत हुन अनुरोध गरिरहेका हुन्छन्। हरेकपटक उनी यही कुरा दोहोर्‍याउँछन्, समर्थकमाझ।

अहिले राष्ट्रिय सभागृहमा काठमाडौं महानगर पालिकाको मतगणना भइरहेको छ। भित्रको भन्दा बाहिरको दृष्य भने हेर्न लायक छ। सभागृहको गेटको अगाडिपट्टिको प्रदर्शनी मार्गमा युवाको जमात हरदम खडा छ। त्यो जमात कसैको जितको पर्खाइमा छ। र, त्यो समूह अरू कोही नभएर बालेनकै समर्थक हुन्।

देशभरका पालिकामा अहिले मतगणना जारी छ। अधिकांश पालिकामा कुन पार्टीको कुन उम्मेदवारले कति भोट पाउँछ भन्‍ने चासो छ। प्रदर्शनी मार्गको दृश्य फरक छ, राजनीतिक दलकै कार्यकर्ताहरू पनि आफ्ना नेताको भन्दा बालेनको मत कति आउँछ भनेर प्रतीक्षारत देखिन्छन्। बालेनले ‘जित्छन् कि जित्दैनन्’ भन्‍ने हरेकलाई चासोको विषय बनेको छ।

काठमाडौका हरेक सार्वजनिक ठाउँ, मठ-मन्दिरका परिसर, सार्वजनिक यातायातदेखि चिया पसल हुदै गल्ली-गल्लीमा ‘बालेनले जित्छन् कि जित्दैनन्’ भन्‍ने बहसको विषय बनेको छ, यतिबेला। बालबालिका, किशोर-किशोरी, युवा-युवतीदेखि ज्येष्ठ नागरिकसम्ममा बालेन शाह चासोको विषय बनेका छन्।

बालेनले किन समर्थकहरूलाई आरोप-प्रत्यारोप र भड्काउ नारा नलगाउन आग्रह गरिरहेका छन् त ? जवाफ आउँछ, उनी समर्थकलाई राजनीतिक संस्कार सिकाइरहेका छन्। किनकि, एक-अर्काप्रति आरोप-प्रत्यारोप अनि वर्षौंदेखि एउटै एजेन्डा। फल शून्य र झुटो आश्वासनबाट राजनीतिप्रति वितृष्णा जागेको छ, नेपाली नागरिकलाई। तिनै विरक्तिएका नागरिकमाझ आशाको सञ्चार गराउन खोजेका हुन सक्छन्, बालेनले। चुनावी अभियानका क्रममा पनि उनले आफूमाथि आरोप-प्रत्यारोप लगाइरहेका प्रतिस्पर्धी उम्मेदवारहरूलाई धन्यवाद दिइरहेका थिए। र, भनिरहेका थिए, ‘मेरो ब्रान्डिङ गरिदिनुभएकामा धन्यवाद।’

उमेरले ज्येष्ठ भइसकेका राजनीतिक दलहरूका नेतामाझ यी ३१ वर्षे युवकले विकल्प दिने प्रयास गरिरहेका छन्। आफ्नो एजेन्डा र भिजनमा महानगर हाँक्ने मनोकांक्षा बोकेका बालेनले मतदाताको मन राम्रैसँग जितेको मत परिणामले देखाइरहेको छ। उनी अन्तिमसम्म अग्रतामा टिक्लान्, नटिक्लान् भन्‍ने विषय गौण बनेको छ, अहिले। राजनीतिक संस्कारसहितको नेतृत्व मतदाताले खोजिरहेको बालेनले पाएको मतबाट प्रकट हुन्छ।

करिव ६ महिना अघिसम्म अर्थात् मंसिर ०७८ सम्म बालेन शाह र्‍यापरका रूपमा मात्र चिनिन्थे। मंसिरमा जब उनले काठमाडौंको मेयरमा उम्मेदवारी घोषणा गरे, एकाएक राजनीतिको चर्चामा पुगे। ६ महिनापछि उनलाई मानिसले र्‍यापर हुन् भन्‍ने बिर्सेका छन्।

अहिले उनलाई देशभरका मानिसले चिन्छन्, काठमाडौं महानगरका स्वतन्त्र मेयर उम्मेदवारका रूपमा। उनी खासमा चर्चित र्‍यापर, म्युजिक कम्पोजर, रचनाकार, निर्देशक र स्ट्रकचरल इन्जिनियर हुन्। राजनीति उनको नयाँ परिचय हो। उनको त्यही पछिल्लो परिचय बलशाली बनेको छ, यतिबेला। र, उनले जित्‍ने-नजित्‍ने चर्चाले मुलुक खाएको छ।

सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटक, इन्टाग्राममा पनि बालेनको चर्चा उत्कर्षमा छ। त्यसैले त फेसबुक प्रयोगकर्ता छविलाल खतिवडाले लेखेका छन्, ‘बालेनले गाली गरेनन्, एजेन्डा दिए, मिडिया, फेसबुक ट्विटर, टिकटक सबै कब्जा गरे। उनको प्रचारप्रसार शैली ठ्याक्कै विकसित मुलुकहरूको जस्तो थियो। उनले एजेन्डा फालेर मानसिक रूपमा सबैलाई भोट हाल्न दबाब दिए। हामीले भ्रष्टाचारविरुद्धको अभियान चलायौँ, यही राजनीतिभित्रको विकृती, विसंगती, लोभीपापी, चाप्लुसी, चाकडीबाज, आफन्तवाद, नातावाद, डनवाद, धनवाददेखि विरासतको राजनीतिसम्म अन्त्य गर्न यो स्थानीय निर्वाचनमा लाग्यौँ। अब नेपालमा गाली-गलोज, आरोप-प्रत्यारोप, चाकडी-चाप्लुसी होइन, भिजन, योग्यता र एजेन्डाको राजनीति बिक्छ। सामाजिक सेवामा तल्लीन, न लोभ न मोह न डर न पाप भन्‍ने गर्नेहरूको समय हो यो। सत्य, न्याय र सुशासनका लागि अब धेरै बालेनहरूको खाँचो छ रूपान्तरणका लागि।’

सभागृहबाहिरको रोचक दृष्य

केही दिनदेखि पंक्तिकारले पनि समाचार संकलनका लागि दैनिक राष्ट्रिय सभागृहको फेरो मारिरहेको छ। सभागृहभित्र उम्मेदवारका प्रतिनिधि, प्रहरी र पत्रकारहरूलाई मात्र प्रवेश दिइएको छ।

गेटबाहिर ३०-४० जना युवाको जमात छ। त्यो जमात अरू कोही नभएर उनै बालेनका समर्थक हुन्। बालेनले अहिले आफ्ना मुख्य प्रतिस्पर्धी एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको भन्दा दोब्बर मतले लिड गरिरहेका छन्। समर्थकहरूले बालेनको बारेमा नारा लगाउँदै रमाइरहेका हुन्छन्। रातको समयमा पनि ती समर्थकहरू त्यहीं हुन्छन्। बालेनको बारेमा नारा लगाउनेदेखि गीत गाउँदै नाच्दै गरिरहेका हुन्छन्। उनीहरू बालेनले जित्‍न कुरामा ढुक्क देखिन्छन्।

उनीहरूले बालेनको समर्थनमा लगाउने नारा पनि कम रोचक छैनन्। ‘सागर, वसन्ते, किस्ने, बालेनले हो जित्‍ने’, ‘कबाट कछुवा ख खरायो, स्थापितको घमण्ड कता हरायो’, ‘महानगरले के भन्छ, बालेनलाई ले भन्छ’। उनीहरूका नारा यस्तै यस्तै हुन्छन्।

मङ्गलबार, जेठ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

भर्खरै

  • १.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • २.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

  • ३.
    माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

  • ४.
    पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

  • ५.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ६.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ७.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.