• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कहिल्यै समाधान नभएको मधेशको मच्छड मुद्दा


    Avatar photo
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित

काठमाडौं- मुलुकभर पालिका चुनावको रौनक छ। ७५३ वटै पालिकाका आ-आफ्ना चुनावी मुद्दा छन्। मधेश प्रदेशको कुरा बेग्लै छ। त्यहाँका आठ जिल्लाका लगभग सबै १३६ वटै पालिकाले मच्छड नियन्त्रणलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

Advertisement

मधेशमा मच्छड नियन्त्रणको मुद्दा नयाँ होइन। यो पञ्चायतकालदेखि नै हरेक चुनावमा प्राथमिकताको विषय बन्दै आएको छ। तर, मच्छड नियन्त्रणबाहिर छन्। किनकि, मधेशमा फोहोर र ढल व्यवस्थापनमा पालिकाहरूले उत्कृष्ट नतिजा हासिल गर्न सकेका छैनन्।

जनकपुरको कुरा गरौँ। जनकपुरधाम र आसपासका क्षेत्रमा प्रशस्त सरोवरहरू छन्। ती सरोवर दिनानुदिन फोहोर लेदोमा परिणत हुँदै गर्दा मलेरिया, डेंगुलगायत रोग फैलाउने मच्छडका लागि स्वर्ग बनेका छन्। अझ तिनै सरोवरलाई ढल मिसाएर दुर्गन्धित बनाएका छन्, स्थानीय बासिन्दाले। पालिकाहरूले नागरिकलाई त्यो आफ्नै लागि घातक हुने बुझाउन नसक्दा समस्या समाधानको साटो निरन्तर बल्झिँदो छ।

अहिले जनकपुरधाम उपमहानगरपालिका मात्र होइन, धनुषाका अधिकांश स्थानीय तहका उम्मेदवारहरूले पनि आफ्नो मुख्य चुनावी आश्वासन मच्छड नियन्त्रण गर्ने प्रतिबद्धताका रूपमा अगाडि सारेका छन्। वडाध्यक्ष, वडा सदस्यदेखि पालिका प्रमुख-उपप्रमुख सबैको प्रमुख मुद्दा हो, मच्छड नियन्त्रण।

जनकपुर या धनुषा मात्र होइन, वीरगञ्जमा पनि मच्छड नियन्त्रण उम्मेदवारहरूको मुख्य चुनावी मुद्दा हो। उम्मेदवारहरूले त्यसका लागि अभियान नै चलाउने आश्वासन बाँडेका छन् ।

मधेशका पालिकाहरूमा ०७४ सालको चुनावमा पनि मच्छड नियन्त्रण मुख्य चुनावी मुद्दा थियो। कतिपय पालिकामा प्रमुख-उपप्रमुख बनेका उम्मेदवारले त आफूले जितेमा लामखुट्टे भगाइदिने आश्वासन बाँड्दै हिँडेका थिए, मतदातामाझ। तर, जिद्दी लामखुट्टे भगाउने उनीहरूको सूत्रले काम गरेन। उल्टै बढेको बढ्यै छन्, लामखुट्टे। पहिले त वर्षायाममा मात्र देखिन्थे, अब त जाडोयाममा पनि झुल टाँगेरै सुत्नुपर्ने भएको छ।

आखिर किन नियन्त्रण हुँदैनन्, मधेशका मच्छड। ‘किनकि, जब फ्याक्ट्री नै खोलेर राखेका छौँ भने कसरी मच्छड नियन्त्रणमा आउँछ,’ मधेश प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाको प्रष्टीकरण छ, ‘जहाँ पानी जमेको हुन्छ, त्यहाँ मच्छड हुन्छ। जहाँ एकदमै फोहोर पानी जमेको हुन्छ, त्यहाँ क्युलेक्स जातको मच्छड हुन्छ र हात्तीपाइले रोग फैलाउँछ। जहाँ केही सफा तर जमेको पानी हुन्छ, त्यहाँ मलेरिया फैलाउने एनोफिलिस मच्छड हुन्छ। जहाँ गमला, टायर, बोतलमा पानी जमेको हुन्छ, त्यहाँ डेंगु फैलाउने मच्छड हुन्छ।’

पानीमा अण्डा पार्ने मच्छडको स्वभाव हो। र, त्यही अण्डाबाट निस्किने मच्छडले मलेरिया, डेंगु, हात्तीपाइले, कालाजारजस्ता रोग फैलाउँछन्। त्यो नै प्राकृतिक नियम हो। ‘हामीले नै अण्डा पार्ने ठाउँ बनाइदियौँ भने मच्छडको फ्याक्ट्री भनेको त्यही हो। त्यस्ता फ्याक्ट्री हामी आफैंले खोलिदियौँ भने मच्छडको वृद्धि र विकास हुन्छ नै,’ निर्देशक झा भन्छन्।

मधेशका मात्र होइन, पहाडकै शहरका नालामा पानी बग्दैन, किनकि फोहोरका कारण जमेको हुन्छ। फोहोरको थुप्रो पठाएर नालालाई जाम पारिदिने अनि मच्छड नियन्त्रण गर्छु भनेर मतदातालाई आश्वस्त बनाउन खोज्ने उम्मेदवारहरूको कुरै बेग्लै ! त्यति मात्र कहाँ हो र, नगर क्षेत्रबाट उत्सर्जन हुने फोहोर फालिने डम्पिङ साइटहरूको व्यवस्थापन पनि गतिलो छैन। र, त्यस्ता डम्पिङ साइटमा जमेको पानीमा पनि रोग फैलाउने लामखुट्टे तीव्र उत्पादन छ।

पालिकाहरूले मच्छड नियन्त्रणका लागि अर्को उपाय अपनाउँदै आएका छन्, जुन झनै घातक छ। त्यो भनेको कीटनाशक औषधि छर्किएर नगरवासीलाई मच्छड नियन्त्रण गरेको भ्रममा राख्ने प्रयास हो। त्यस्ता गतिविधिले सम्बन्धित ठाउँमा केही दिन लामखुट्टे त नियन्त्रणमा आएको देखिएला तर त्यही ठाउँको पर्यावरणमा त्यसबाट परिरहेको असरबारे कमै जानकार होलान्।

त्यस्ता कीटनाशक विषादिले अन्य जीवजन्तुलाई पनि नकारात्मक असर पार्छन्। त्यसैले हो, वातावरणविदहरूले लामो समयदेखि मच्छड उत्पादन हुने फ्याक्ट्री (फोहोर पानी जम्ने खाल्डाखुल्डी) बन्द गर्न र शहरलाई सफा राख्न सुझाव दिँदै आएको पनि।

बितेका पाँच वर्षमा जनप्रतिनिधिहरूले मच्छडका फ्याक्ट्री बन्द गराउन नसकेकै कारण अहिले फेरि त्यही मुद्दालाई मतदाताको विश्वास जित्न सकिने विषयका रूपमा अगाडि सारिरहेका छन्। यदि यस पाटोमा साँच्चिकै काम हुन्थ्यो भने अहिले फेरि त्यही मुद्दा लिएर मतदाताका घरदैलोमा पुग्नुपर्ने थिएन।

कसरी हुन्छ त मच्छड नियन्त्रण ? विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट’को उपाय सुझाएको वर्षौं भइसक्यो। तर, हाम्रा पालिकाहरूले यसलाई सुनेको नसुन्यै गरिरहेका छन्। मच्छडलगायत रोग फैलाउने किराहरूको वृद्धि, विकास रोक्नलाई यो उपाय प्रभावकारी हुने विश्व स्वास्थ्य संगठनले सुझाउँदै आएको छ। र, एकीकृत रूपमा त्यसको व्यवस्थापन गर्न सकिने डब्लूएचओले बताउँदै आएको छ।

तर, त्यही व्यवस्थापनमा ध्यान पुग्न नसक्दा मधेशबाट उकालो लागेका मच्छड हिमाली भेगतिर पुगिरहेका छन्। नेपालका करिब ६४ जिल्लामा हात्तीपाइले फैलाउने क्युलेक्स जातका मच्छड पाइएका छन्। मलेरिया फैलाउने एनोफिलिज जातका मच्छड पहाड हुँदै हिमाली भेगतिर पनि सर्दै गएको पछिल्ला अध्ययनहरूले देखाएका छन्।

मधेशका स्वास्थ्य निर्देशक झाको भनाइमा नागरिकको जीवनशैलीमै परिवर्तन ल्याउने गरी तीनै तहका सरकारहरूले काम अगाडि नबढाएसम्म यो समस्या ज्युँकात्युँ रहन्छ। र, हरेक चुनावमा यही प्रमुख मुद्दा बन्नेछ। तर, समाधान कहिल्यै निस्किने छैन।

बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.