• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

फ्याक्ट चेक : स्थानीय चुनावमा अन्तर्राष्ट्रिय उडान बन्द हुने दाबी गलत


सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

प्रविण भट्ट / साउथ एसिया चेक

Advertisement

नेपालमा आगामी बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन हुँदैछ। यही सन्दर्भमा बैशाख २७ गतेदेखि ३ दिनसम्म अन्तर्राष्ट्रिय उडान बन्द हुने भनी विभिन्न अनलाइनले बैशाख २३ मा समाचार प्रकाशित गरेका थिए। याे समाचार लाेकप्रिय एप हाम्रो पात्रो मार्फत पनि फैलिएको थियो। हाम्रो पात्रोमा ई-कागज र कलाकर्मीको लिङ्क राखिएको थियो। ती समाचारमा बैशाख २७ गतेदेखि अन्तर्राष्ट्रिय उडान तीन दिनका लागि बन्द गर्न निर्वाचन आयोगले सरकारलाई पत्र पठाउने बारे उल्लेख गरिएको थियो। ईकागजले भने सोही दिन नै समाचार सच्याएको थियो।

दृष्टि न्युज ले पनि यही समाचार बैशाख २३ गते प्रकाशित गरेको थियो। दृष्टि न्युजको समाचारमा भनिएको छ,  “२७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो ।”

यसै बिषयमा बाह्रखरीका सम्पादक प्रतिक प्रधानले समेत बैशाख २३ गते यस्तो ट्विट गरेका थिए, “सुन्नुभो ? स्थानीय निर्वाचनका लागि अन्तर्राष्ट्रिय उडान तीन दिन रोक्ने रे  । पागलहरूको बस्ती।”

हामीले यो दाबीको तथ्य जाँच गरेका छौं।

कान्तिपुर दैनिकले २३ बैशाखमै “चुनावमा विमानस्थल बन्द नहुने” शीर्षकमा समाचार छापेको थियाे। कान्तिपुरको समाचारमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको भनाइ राखिएको छ । “स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल बन्द हुँदैन,” उनले भनेका छन्। साथै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि हालसम्म काठमाडौं लगायत देशभरका विमानस्थल बन्द गर्ने कुनै पनि निर्णय नभएको बताएको कान्तिपुरको समाचारमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगले समेत स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आगमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ बैशाख २२ गते जारी गरेको छ। उक्त मापदण्डको ४ नंमा मतदानका दिन विमानस्थल आवतजावत गर्ने व्यवस्था सम्बन्धी मापदण्डमा हवाई टिकट, पासपोर्ट र भिसाको आधारमा आवतजावत सहजीकरण काठमाण्डौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्ने उल्लेख गरेको छ।

निर्वाचन आयोगले नै सवारी आगमन मापदण्डमा विमानस्थल आवतजावतको ब्यवस्था गरेकाले मतदानको  दिन अन्तर्राष्ट्रिय उडान हुने स्पष्ट हुन्छ।

तसर्थ, स्थानीय निर्वाचनको बेला तीन दिन अन्तर्राष्ट्रिय उडान बन्द हुने दाबी गलत हो। निर्वाचनका बेला अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदैन।

स्थानीय तह सदस्य निर्वाचनका दिन आन्तरिक उडान बन्द हुने वायुसेवा संचालक संघले जनाएको छ। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक स्थानीय तह निर्वाचन हुने मितिमा संघमा आबद्ध सबै वायुसेवाको नियमित उडान बन्द रहने संघले बैशाख २५ मा जारी विज्ञप्तिमा उल्लेख छ।

(यो सामग्री साउथ एसिया चेकले तयार पारेको हो)

सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.