• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

गठबन्धन भर्सेस एमाले : ६ महानगरमा रोचक चुनावी भिडन्त


सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

काठमाडौं- केही अन्यथा नभए ३० वैशाख साँझ पाँच बजेसम्ममा पाँच वर्षका लागि स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान सम्पन्न भइसकेको हुनेछ।

Advertisement

मतदानका लागि खटिएका कर्मचारीहरू मतगणना कार्यमा जुटिसकेका हुनेछन्। मिति घर्किएसँग निर्वाचनको पारो पनि बढिरहेको छ।

राजनीतिक दल र उम्मेदवारहरू नतिजा आफ्नो पक्षमा पार्न चुनावी रणनीति बनाउनमा जुटेका छन्। सबै पालिकामा उम्मेदवारहरू घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन्।

यसबीचमा अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधिका साथै आकांक्षीहरू एउटा पार्टी छाडेर अर्को पार्टीमा जाने क्रम पनि ह्वात्तै बढ्यो। यहाँसम्म कि आवद्ध रहेको पार्टीबाट टिकट नपाएपछि मनोनयन दर्ताकै दिनसम्म पनि कतिपयले दल अदलबदल गरे। कतिपयले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

मनोनयन दर्ता अघिसम्म कुन दलबाट कसले टिकट पाउँदैछन्, एकखाले चासो आम नागरिकमा देखिन्थ्यो। टिकट वितरण हुँदै चुनाव चिह्न वितरणसम्म आइपुग्दा अब कसले जित हात पार्ने चासो बढेको छ। खास गरेर देशका ६ महानगरमा।

पाँच दलीय सत्ता गठबन्धनभित्र भागबन्डाका लागि चलेको रस्साकस्सीले पनि महानगरको महत्वलाई प्रष्ट पार्छ। लामो समयसम्म चलेको छलफलपछि मात्रै सत्ता गठबन्धन सहमतिमा पुगेर आ–आफ्नो दलको तर्फबाट उम्मेदवार टुंगो लगाउन सफल भयो।

एक्लै चुनाव लड्ने दाबी गरिरहेको एमाले पनि गठबन्धनकै बाटोमा डोरिएको छ। एमाले कमल थापा नेतृत्वको राप्रपा नेपाल र परिवार दलसँग सहमति गरेरै गठबन्धन गरेको छ भने कतिपय स्थानमा उसले लोसपा र राप्रपासँग पनि तालमेल गरेको छ।

२०७४ सालको पालिका चुनावमा ६ महानगरमध्ये एमालेले काठमाडौं र पोखरा जितेको थियो। कांग्रेसले ललितपुर र विराटनगरमा जित हात पार्‍यो। यस्तै, माओवादी केन्द्रले भरतपुर र तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) ले वीरगञ्ज महानगरपालिका जितेका थिए।

प्रतिनिधिसभाको दोस्रो विघटनयता एकै ठाउँमा उभिएर गठबन्धन बनाएका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा जसरी पनि एमालेको विजय यात्रालाई रोक्न चाहन्छन् ।

अधिकांश महानगरमा पाँच दलीय गठबन्धन र एमाले-राप्रपा नेपाल-परिवार दलको गठबन्धनबीच सीधा भीडन्त हुने सम्भावना देखिए पनि कतिपय स्थानमा गठबन्धनभित्रैबाट परेका स्वतन्त्र उम्मेदवारीले पनि चुनावी नतिजालाई फरक पार्नसक्ने आकलन गरिएको छ।

कुन महानगरमा कस्तो भीडन्त?

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंहले मेयरमा उम्मेदवारी दिएकी छन्। उनी संघीय सांसद प्रकाशमान सिंहकी पत्नी हुन्। यस्तै, एमालेका तर्फबाट केशव स्थापितले मेयरमा उम्मेदवारी दिएका छन्।

विवेकशील साझा पार्टीबाट मेयरमा समीक्षा बाँस्कोटा, राप्रपाबाट मदनदास श्रेष्ठको उम्मेदवारी परेको छ भने र्‍यापर बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

२०७४ सालको चुनावी नजितालाई हेर्दा काठमाडौं महानगरमा गठबन्धनकी उम्मेदवार सिर्जना र एमालेका स्थापित आमनेसामने हुने अनुमान गरिएको छ। गत निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्यले जित निकालेका थिए। यसपटक पनि आकांक्षा व्यक्त गरेका उनलाई एमालेले ‘ब्याक’ गरेर स्थापितलाई अघि सारेको हो। स्थापित काठमाडौंका पूर्वमेयरसमेत हुन्।

अघिल्लो निर्वाचनमा शाक्य ६४ हजार ९१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरेका थिए। त्यतिबेला एमालेका उम्मेदवार शाक्यलाई राप्रपाको सहयोग थियो। अर्थात्, उनले प्राप्त गरेको ६४ हजार ९१३ मत राप्रपासहितको हो। उनी १९ हजार ६४४ मतअन्तरले विजयी भएका थिए।

यसपटक भने राप्रपाले मदनदास श्रेष्ठलाई मैदानमा उतारेको छ। त्यसैले आसन्न निर्वाचनमा एमालेले राप्रपाको मत पाउने सम्भावना कमै देखिन्छ। राप्रपा नेपाल, परिवारदललगायत पार्टीसँग भएको गठबन्धनको लाभ भने एमालेले पाउन सक्छ।

अर्कोतर्फ पाँच दलीय गठबन्धनमध्येका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सँगै छन्। अघिल्लो चुुनावमा माओवादी केन्द्रले सात हजार ९०६ र नयाँ शक्ति (हाल जसपा) ले ६ हजार ५० मत प्राप्त गरेका थिए।

गठबन्धनमा भएका कारण माओवादी र जसपासहितको १३ हजार ९५६ मत कांग्रेसतर्फ जाने देखिन्छ। यस्तै, काठमाडौंको मेयरका लागि दाबी गरिरहेको एकीकृत समाजवादीको मत पनि गठबन्धनकी उम्मेदवार सिर्जनातर्फ जाने देखिन्छ।

स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह युवा पुस्तामा बढी लोकप्रिय देखिएका छन्। त्यसैले थपिएका नयाँ मतदाताहरूको मत बालेनतिर जाने सम्भावाना देखिएको छ।

२०७४ सालको चुनावमा लोकप्रिय देखिएकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत प्राप्त गरेर तेस्रो भएकी थिइन् भने स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।

ललिपुर महानगरपालिका

अघिल्लो स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनले जित हात पारेका थिए। उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई मात्रै २७ मतको अन्तरले पराजित गरेका थिए। चिरिबाबुले २४ हजार ६४२ मत ल्याउँदा हरिकृष्णले २४ हजार ३१६ मत प्राप्त गरे।

यसपटक पनि गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु मेयरका उम्मेदवार बनेका छन्। एमालेले पनि पुरानै अनुहार हरिकृष्णलाई उम्मेदवार बनाएको छ। दुवै दलका तर्फबाट पुरानै उम्मेदवार मैदानमा उत्रिएपछि ललितपुर महानगरको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

अघिल्लो चुनावमा स्वतन्त्र भएर लडेका रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए भने माओवादी केन्द्रले १० हजार ६६१ र नयाँ शक्तिले ७७९ मत प्राप्त गरेका थिए।

सत्ता गठबन्धनमा आवद्ध माओवादी केन्द्र र जसपाले यसअघि पाएको मत जोड्दा एमालेले गठबन्धनलाई पराजित गर्न कठिन देखिन्छ। तर, गठबन्धनलाई सहज जित निकाल्न स्वतन्त्र भएर चुनाव लडेका रमेश महर्जनको १३ हजार ४५८ मतले फरक पार्न सक्नेछ। महर्जनको मत कतातिर जाने त्यसमाथि चुनावी परिणाम निर्भर हुने देखिन्छ।

पोखरा महानगरपालिका

सत्ता गठबन्धनको भागबण्डामा पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेको छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन्। एमालेले पोखरा महानगरमा प्रदेससभा सदस्य कृष्ण थापालाई उम्मेदवार बनाएको छ।

६ महानगरमध्ये पोखराको जित निकाल्नेमा एमाले सबैभन्दा बढी ढुक्क देखिएको छ। किनभने, एमाले विभाजनको सबैभन्दा कम असर गण्डकी प्रदेशमै देखिएको थियो।

अघिल्लो निर्वाचनमा एमालेले फराकिलो अन्तरले कांग्रेसका उम्मेदवारलाई पराजित गरेको थियो। एमालेका मानबहादुर जीसीले ६० हजार ११८ मत ल्याउँदा कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मात्रै प्राप्त गरेका थिए। जीसी र कुँवरबीच १३ हजार ७०२ मतको मतान्तर थियो। जब कि, त्यतिबेला कांग्रेस र माओवादीबीच त्यहाँ तालमेल भएको थियो।

यस्तै, संघीय समाजवादी फोरम (हाल जसपा) ले तीन हजार १७०, राप्रपाले दुई हजार २७२ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा एमालेलाई जिताउने कमान्ड सम्हालेका आचार्य अहिले एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार बनेका छन्।

भरतपुर महानगरपालिका

सत्ता गठबन्धनमा भागबन्डाको छलफल चलिरहँदा सबैभन्दा बढी चर्चाको केन्द्रमा रह्यो, भरतपुर महानगरपालिका। अन्ततः भरतपुरको मेयर माओवादी केन्द्रको भागमा पर्‍यो। भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले उम्मेदवारी दिएकी छन्। उनी निवर्तमान मेयर हुन्।

२०७४ सालको निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीबाट रेणु विजयी भएकी थिइन्। तर, मतान्तर २०३ मात्र थियो। रेणुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए। राप्रपाले ६ हजार ८४२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४१५ र नयाँ शक्ति पार्टीले ३५६ मत ल्याएको थियो।

रेणुले मेयरमा ४३ हजार २१७ मत पाउँदा कांग्रेसबाट उपमेयर लडेकी पार्वती शाह ठकुरीले ४७ हजार १९७ मत ल्याएर विजयी भइन्।

मेयर माओवादी केन्द्रलाई दिने गठबन्धनको निर्णयबाट असन्तुष्ट बनेर कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। पौडेलको पक्षमा देखिएको समर्थन र सहानुभूतिका कारण अघिल्लोपटकजस्तै रेणुलाई जित निकाल्न त्यति सहज देखिएको छैन।

वीरगञ्ज महानगरपालिका

मनोनयन दर्ता अघिसम्म मधेश प्रदेशको एक मात्र महानगर वीरगञ्जमा अनेकौं राजनीतिक उथलपुथल देखिए। तुलनात्मक रूपमा दल अदलबदल पनि सबैभन्दा बढी वीरगञ्जमै देखियो। मधेशमा आफ्नो उपस्थिति देखाउन एमाले अध्यक्ष केपी ओलीले जसपालाई वीरगञ्जमा कमजोर पार्ने रणनीति लिए। जसपा पनि त्यही रणनीतिका साथ अगाडि बढ्यो।

अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा) बाट मेयरमा निर्वाचित भएका विजय सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराए। जसपाले भने एमाले प्रवेश गरिसकेका लोसपा नेता राजेशमान सिंहलाई पार्टीमा भित्र्यायो। एमालेबाट सरावगी र सत्ता गठबन्धनबाट जसपाका राजेशमान मेयरका उम्मेदवार छन्।

अघिल्लो निर्वाचनमा सरावगीले १९ हजार ३९३ मत पाउँदा उनका निकतटम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १७ हजार १९७ मत प्राप्त गरेका थिए। मतअन्तर दुई हजार १९६ थियो।

अघिल्लो निर्वाचनमा वीरगञ्जमा एमालेको कमजोर उपस्थिति देखिएको थियो। त्यतिबेला एमालेले आठ हजार ६८८ मत प्राप्त गरेको थियो। पछिल्लो समय जसपालगायत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टी प्रवेश गरेपछि जित निकाल्न एमाले उत्साहित देखिएको छ। वीरगञ्जमा एमालेले लोसपासँग तालमेल गरेको छ। तर, पाँच दलीय गठबन्धन एकै ठाउँमा उभिँदा एमालेलाई जित निकाल्न त्यति सहज देखिँदैन।

विराटनगर महानगरपालिका

विराटनगरमा गत स्थानीय निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। यसपटक कांग्रेस नेता शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन्। एमालेले विराटनगरमा सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ।

विराटनगर महानगरपालिकामा कांग्रेस र एमाले दुवै दलबाट युवा उम्मेदवार मैदानमा उत्रिने भएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ। अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार पराजुलीका निकटम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएर ५ हजार ७१० मतले पराजित भएका थिए। संघीय समाजवादी फोरम (हाल जसपा) का उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए।

त्यतिबेला विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरमबीच तालमेल भएको थियो। लोकतान्त्रिक फोरम अहिले कांग्रेसमा समाहित भइसकेको छ। यस्तै, माओवादी र संघीय समाजवादी फोरमले पनि सहकार्य गरेको थियो।

कांग्रेसले मेयर र उपमेयर दुवै जित्दा संघीय समाजवादीसँग मिलेको माओवादीले उमपेयरमा ११ हजार ५२४ मत ल्याएर पराजित भएको थियो। तर, संघीय समाजवादीबाट चुनाव लडेका उमेश यादव गठबन्धन गर्ने निर्णयबाट असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा उनले प्राप्त गरेको १४ हजारभन्दा बढी मतले परिणामलाई फरक पार्नसक्ने आकलन पनि गरिएको छ।

सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.