चेन्नई सुपरकिङ्सका कप्तान रविन्द्र जडेजाले शनिबार राजीनामा दिएका छन्। उक्त टिमको कप्तानी पुनः महेन्द्रसिंह धोनीको हातमा आएको छ।
Advertisement
जडेजाले टिमको कप्तानी त्यतिबेला छाडेका छन्, जतिबेला आईपीएलमा चेन्नई सुपरकिङ्सले खराब प्रदर्शन गरिरहेको छ। टिमले आठमध्ये ६ वटा म्याच गुमाइसकेको छ।
कप्तानीको दबाबमा जडेजाको व्यक्तिगत प्रदर्शनमा असर परिरहेको मानिएको छ। पछिल्ला आठ म्याचमा जडेजाले जम्मै ११२ रन मात्र बनाउन सकेका छन्। र, पाँच विकेट मात्र प्राप्त गरेका छन्।