• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

एलन मस्क : विश्वकै धनी तर छैन स्थायी घर, बसाउँदैछन् मंगल ग्रहमा बस्ती


शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले मंगलबार ट्विटर खरिद गर्ने सम्झौता गरे। त्यसका लागि ४४ अर्ब डलर तिर्न तयार रहेको सार्वजनिक भएको छ। यो सम्झौता कार्यान्वयनमा आएपछि मस्कसँग ट्विटर कम्पनीको शतप्रतिशत स्वामित्व हुनेछ। अर्थात्। ट्विटर उनको प्राइभेट कम्पनी बन्नेछ।

Advertisement

यो सम्झौतापछि विभिन्न कारणले समाचारमा छाउने एलन मस्क पुनः एकपटक विश्वभर चर्चामा छन्। केही वर्षदेखि मात्र सार्वजनिक चर्चामा आउन थालेका मस्कको जीवनका कैयौं पक्षबारे मानिसहरू अनभिज्ञ छन्। साथमा, उनी को हुन् भन्ने जान्ने चासो धेरैमा देखिन्छ। उनको जीवनका केही रोचक तथ्यमाथि प्रकाश पारेर उनलाई चिनाउने प्रयास गरिएको छ।

– मस्ककी आमा अमेरिकी हुन् भने पिता दक्षिण अफ्रिकी। उनको जन्म २८ जुन १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो।

– मस्कले १२ वर्षको उमेरमा एक भिडियो गेम बनाएका थिए, जसलाई उनले एक म्यागेजिनलाई ५०० डलर बेचिदिए। उक्त स्पेस फाइटिङ गेमको नाम ब्लास्टर थियो।

– मस्कले आफ्नो भाइ किम्बलसँग मिलेर जिप २ नामको सफ्टवेयर कम्पनी शुरु गरेका थिए, जसलाई पछि उनले २.२ करोड डलरमा कम्प्याक नामक कम्पनीलाई बेचिदिए।

– सन् १९९९ मा मस्कले झण्डै एक करोड डलर लगानीमा एक्स डट कम शुरु गरे। यो पछि कन्फिनिटी नामको कम्पनीसँग मर्ज भएर पेपालको नामले चिनिन थाल्यो।

– सन् २००२ मा इवेले पेपाललाई १५० करोड़ डलरमा किन्यो, यस बिक्रीबाट मस्कले १६५ मिलियन डलर पाए।

– त्यसपछि मस्कले स्पेस रिसर्च प्रविधिमा काम गर्न थाले। उनको यस परियोजनालाई ‘स्पेस–एक्स’ नाम दिए। मस्क भविष्यमा मानिसलाई अन्य ग्रहमा पनि पुर्‍याउन चाहन्छन्।

– सन् २००४ मा मस्कले विद्युतीय कार कम्पनी टेस्लाको जग बसाए। त्यसबेला उनले भविष्यमा सबै कुरा विद्युतीय हुने बताएका थिए।

– डिसेम्बर २०१६ मा मस्कले एक ट्विट गरे, ट्राफिक जाम देख्दा मलाई एकदम रिस उठ्छ। अब म टनेल खन्ने सजिलो बोरिङ मेसिन बनाउनेछु र भूमिगत मार्ग बनाउने कार्यमा लाग्नेछु। सोही दिन उनले बोरिङ कम्पनी दर्ता गरे। सन् २०१८ मा उनले भूमिगत टनेलको प्रोटोटाइप पनि बनाए।

– मस्क मंगल ग्रहमा पृथ्वीको पर्याप्त सहयोग नलिई सञ्चालन हुने बस्ती बसाउन चाहन्छन्। उनले यसको आवश्यकताबारे बताउँदै एकपटक भनेका थिए, ‘आणविक युद्ध या कुनै उल्कापिण्ड ठोक्किएर पृथ्वीको अस्तित्व खतरामा पर्न सक्छ। बसोबासको हिसाबमा मंगल ग्रह धेरै हिसाबले उपयुक्त पनि छ। त्यहाँ बस्ती बसालेमा पृथ्वी नष्ट हुँदैमा मानिसको अस्तित्व नासिँदैन।’ सेप्टेम्बर २०१६ मा मस्कले उनको योजना र त्यसको प्राविधिक पक्ष विस्तारमा सार्वजनिक गरे। मस्कले यही वर्ष एक्सेस–एक्सको रकेट मंगल ग्रह जाने बताए। सन् २०५० सम्म मंगल ग्रहमा आत्मनिर्भर मानव बस्ती बस्ने उनको दाबी छ।

– मानव दिमागको कम्प्युटरसँग जोड्नेबारे पहिलेदेखि अवधारणा आइरहेका थिए। तर, मस्कले न्युरालिंकमार्फत यस्तो उपकरण विकास गरिरहेका छन्, जसले मानव दिमागलाई कम्प्युटरसँग जोड्नेछ। एलनको विगतको काम हेर्दा यसमा पनि उनी सफल हुने सम्भावनलाई नकार्न सकिँदैन।

– मस्कले सन् २०१६ मा सोलर सिटी नामक कम्पनी किने। त्यसयता उनी सोलार टायल्समा इन्नोभेसन गर्दैछन्। अर्थात्, उनले हाम्रो घरको छत र पर्खालमै सोलार लगाएर बिजुली निकाल्न सकिने प्रविधि बनाएका छन्।

– मे २०१८ मा मस्कले एक ट्विट गदै अन्तरिक्षमा प्रयोग गर्न सकिने क्यान्डी कम्पनी खोल्नेबारेमा गम्भीर रहेको बताएका थिए।

– मस्कले सन् २०२० मा एक ट्विटमा जीवनको विलासिता कम गर्दै जाँदा अब घर नभएको बताएका थिए। एक वर्षभित्र उनले आफ्ना सबैलाई महल बेचेको जानकारी दिएका थिए। फोर्ब्सका अनुसार उनी अहिले २० बाइ २० आकारको एक भाडाको घरमा बस्छन्। यो घर बक्सेबल नामको आवाससम्बन्धी स्टार्टअपले बनाएको हो। यो घर सजिलै मोडेर एक ठाउँबाट अर्को ठाउँ लान सकिने खालको छ।

– एक अन्तरवार्तामा मस्कले एक समय आफू खर्चविहिन भएर साथीहरूसँग मागेर बाँच्नुपर्ने स्थितिमा पुगेको बताएका थिए। अन्तरवार्ताकारले त्यस समय टाट पल्टिने डर लागेन भन्ने प्रश्न गर्दा मस्कले भने– ‘डर हुन्थ्यो। तर त्यसपछि के नै हुन्थ्यो र ? बढीभन्दा बढी मेरा बच्चाहरू सरकारी स्कुलमा पढ्नुपर्थ्यो होला। तर, म आफैं सरकारी स्कुलमा पढेर हुर्किएको हुँ।’

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.