काठमाडौं- धादिङ थाक्रे गाउँपालिका-७ जुगेँखोला नजिक बा.५ ख ८४४३ नम्बरको बस र बाग्मती प्रदेश ०१-०२५ च २९६८ नम्बरको कार एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये टिचिङ अस्पतालमा २ जना र ट्रमा सेन्टरमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
मकवानपुर मनहरी गाउँपालिका-७ लच्कास्थित सडकमा ना.६ ख ५४९ नम्बरको ट्रकले ना.२९ प १२६० नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते १ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।