Advertisement
काठमाडौं– गायक मनोज श्रेष्ठ (जेन)को स्वर, शब्द र संगीतमा ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई राहुल विश्वकर्माले संगीत संयोजन गरेका हुन्।
काठमाडौं गोकर्णेश्वरनजिकै जग्डोल पार्कमा छायांकन गरिएको यस भिडियोमा सुवास शाह र एलिशिबा फुयालबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। मिराज अर्यालले छायांकन गरेको भिडियोलाई सुवास शाहले सम्पादन गरेका हुन्।
फोर बी पिक्चर्सको प्रस्तुति रहेको यस भिडियोलाई प्रोमोसन नेपालको सहकार्यमा तयार पारिएको हो। विजय मगरको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’मार्फत भिडियो सार्वजनिक गरिएको छ। गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ बोलको म्युजिक भिडियो ल्याएका थिए।