काठमाडौँ । सुरक्षा सेञ्चुरीको स्वर रहेको म्युजिक भिडियो ‘निशब्द’ सार्वजनिक भएको छ । गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् ।
Advertisement
गीतलाई अस्ट्रेलियामा रहेका चर्चित संगीतकार टीका दाहालले संगीतबद्ध गरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
म्युजिक भिडियोमा स्वयम् गायिका र नायक आकाश श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाले छायाकन गरेको भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेञ्चुरीको युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।