काठमाडौँ । लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
Advertisement
सेण्टिमेण्टल भर्सनको गीतमा शब्द अमेरिकाको ओहियो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ । गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतबद्ध गरेका हुन् । गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ ।
साथ छुट्ला भन्ने डरले आफ्नो शाररीक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय छ ।
राम केसीले छायाकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।