• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

पृथ्वीबाट ५०८ प्रकाश वर्ष टाढा बन्दैछ विशाल ग्रह


बुधबार, चैत २३, २०७८ मा प्रकाशित

Advertisement

वैज्ञानिकहरूले बन्दै गरेको विशाल ग्रह अवलोकन गरेका छन्। अझ अदभूत कुरा यो निर्माणको अत्यन्त प्रारम्भमा छ, जसलाई वैज्ञानिकहरूले यो ग्रह अझै गर्भमा रहेको बताएका छन्। यो खोजले ग्रह निर्माणसम्बन्धी वर्तमान बुझाइलाई चुनौती दिने उनीहरूको ठम्याइ छ।

अन्वेषकहरूले हवाई ज्वालामुखीको शिखरमा नजिक रहेको सुबारु टेलिस्कोप तथा अन्तरिक्षमा रहेको हबल टेलिस्कोपको प्रयोग गरेर यो ग्रह पत्ता लगाएका थिए। वैज्ञानिकहरूले ‘अबी ओरिगे बी’ नाम दिएका यो ग्रह खासमा एक विशाल ग्यासको गोला मात्र छ र यसले नयाँ निर्मित ताराको असामान्य रूपमा परिक्रमा गरिरहेको पाइएको छ।

विशाल ग्यासका गोला भन्नाले केन्द्रमा रहेको सानो ठोसलाई विशाल ग्यासले चक्कर लगाउने आकाशीय पिण्डलाई जनाउँछ। हाम्रै सौर्यमण्डलको वृहस्पति र वरपर सौर्यमण्डलका सबैभन्दा ठूला ग्रहहरू वृहस्पति र शनि पनि विशाल ग्यासका गोला हुन्। ती ग्रहमा हाइड्रोजन र हिलियमको ठूलो हिस्साले बीचमा रहेको सानो ठोस हिस्सालाई घुम्छ।

नेचर एस्ट्रोनोमी जर्नलमा सोमबार प्रकाशित अध्ययनका प्रमुख लेखक थायन क्युरीका अनुसार हाल पत्ता लागेको विशाल ग्यासको गोला निर्माण प्रक्रियाको सबैभन्दा प्रारम्भिक चरणमा पत्ता लागेको ग्रह हो। क्युरी सुबारु टेलिस्कोप र नासा–एम्स रिसर्च सेन्टरका एस्ट्रोफिजिस्ट हुन्।

एबी ओरिगाई नाम दिइएको ताराको चक्कर लगाउने यो ग्रह ग्यास र धुलोको एक विस्तारित गोलाइभित्र जोडिएको देखिन्छ। यो पृथ्वीदेखि ५०८ प्रकाश वर्ष टाढा अवस्थित छ। एबी ओरिगाई ताराको तस्बिर सन् २०२१ मा सार्वजनिक भएको हलिउड फिल्म ‘डन्ट लुक अप’को एक दृश्यमा देखाइएपछि केही समय चर्चामा पनि रह्यो।

हाम्रो सौर्यमण्डलभन्दा बाहिर हालसम्म पाँच हजार ग्रह (एक्सोप्लानेट)मध्ये एक रहेको यो पछिल्लो ग्रह सबैभन्दा विशाल ग्रहमध्येमा पर्छ। बनिरहेको स्थितिका ग्रहलाई ‘प्रोटोप्लानेट’ भनिन्छ र हालसम्म यस्तो खालको ग्रह एक अलग तारामा मात्र भेटिएको छ।

लगभग सबै ज्ञात ‘एक्सोप्लानेट’हरूले हाम्रो सूर्य र यसको सबैभन्दा टाढाको ग्रह वरुणबीचमा कायम दूरीमा रहेका तिनका ताराहरू परिक्रमा गर्ने गरेकोमा यो ग्रहले भने सूर्य र अरुणबीचको दूरीभन्दा तीन गुणा बढी एवं पृथ्वी र सूर्यबीचको दूरीबाट ९३ गुणा बढी दूरीमा रहेको उसको तारा परिक्रमा गर्छ।

यसको जन्म प्रक्रियाले हाल मानक मानिने ग्रहीय निर्माण मोडेलभन्दा फरक प्रक्रिया पछ्याएजस्तो देखिन्छ। परम्परागत सिद्धान्तमा ठोस पदार्थ केन्द्रमा विस्तारै जम्मा हुँदै गएर धेरैजसो ग्रहहरू बन्ने गर्छन् भन्ने मान्यता छ। र, विशाल ग्यासका गोला भने ठोस केन्द्रले ग्यासलाई विस्तार गर्नुपूर्व यस चरणबाट गुज्रिन्छन् भन्ने मान्यता हुन्छ।

तर, हालको परिदृश्यमा एउटा प्रोटोप्लानेट युवा तारालाई घेरेर रहेको गोलाभित्र रहेर धुलो जम्मा गर्दैै विस्तारै बढ्दै गएको छ। यो नाभीको पिण्ड पृथ्वीको पिण्डभन्दा कैयौं गुणा बढेपछि यसले तारा वरपरको ग्यासको गोला आफूमा केन्द्रत गर्नेछ।

‘यस प्रक्रियामा ठूलो कक्षीय दूरीमा विशाल ग्रहहरू बन्न सक्दैन भन्ने जुन ग्रह निर्माणसम्बन्धी पुरानो बुझाइ थियो, त्यसमा प्रश्न उठेको छ,’ खगोलविद ओलिभर गुयोनले भने।

अन्वेषकहरूले एबी ओरिगाई बीको फरक निर्माण प्रक्रियाबारे बताउँदै भनेका छन्, ‘यस परिदृश्यमा तारा वरिपरिको गोला चिसो हुँदै जाँदा गुरुत्वाकर्षणको खिचावले गोलापछि ग्रह बन्ने एक वा एकभन्दा बढी भीमकाय हिस्सामा विभाजित गराएको हुनसक्छ ।’

क्युरीको भनाइमा अण्डा पकाउने एकभन्दा बढी तरिका छन्। सम्भवतः वृहस्पतिजस्तो ग्रह बन्ने तरिका पनि एकभन्दा बढी हुन सक्छन् ।

एबी ओरिगाई तारा हाम्रो सूर्यभन्दा लगभग २.४ गुणा ठूलो छ भने लगभग ६० गुणा उज्यालो छ। यो २० लाख वर्षको मात्र भएको अनुमान छ। हाम्रो सूर्यको आयु ४.५ अर्ब रहेको अनुमानका आधारमा एबी ओरिगाई निक्कै युवा देखिन्छ।

हाम्रो सूर्य पनि निर्माणको प्रारम्भमा एक गोलाले घेरिएको थियो, जसले पृथ्वी र अन्य ग्रहहरूलाई जन्म दियो। ‘नयाँ खगोलीय अवलोकनहरूले हाम्रो वर्तमान सिद्धान्तहरूलाई निरन्तर चुनौती दिन्छन् र तिनले अन्ततः ब्रह्माण्डको हाम्रो बुझाइमा सुधार ल्याउँछन्,’ गुयोनले भने, ‘ग्रह निर्माणमा धेरै जटिलता हुन्छन्, तिनको पर्दा खुल्दै जाँदा हामी थप आश्चर्यमा पर्नेछौं।’

रोयटर्सबाट

बुधबार, चैत २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.