सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् ।
Advertisement
अस्ट्रेलिया बस्दै आएका पोखराका अधिकारीले पहिलोपटक माया प्रेमसँग सम्बन्धी ‘गड्यो प्यार दिलमा ’ बोलको गीत सार्वजनिक गरेका हुन् । प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ ।
अधिकारीको शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् । भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ। गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन् । एक दशकदेखि पढाइ र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखनमा सक्रिय भए पनि पहिलो टक स्रोतामाझ प्रस्तुती ल्याएका हुन्।
उनले भने, ‘धेरै गीत र गजल डायरीमा छन्। पहिलोपटक गीत स्रोतामाझ ल्याउन पाउँदा खुशी छु।’
उनको आफ्नै युट्युब च्यानल निर्वाण प्लसबाट गीतलाई सार्वजनिक गरेका हुन्। उनले र्को गीतसमेत बजार आउने तयारीमा छ।