• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कोरोनाको घट्दो दर : महामारीको अन्त्य भएको हो?


मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित

Advertisement

रेश्मा सिंह

पछिल्लो समय नेपालमा नयाँ कोरोना भाइरस संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० चैतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये आरटी–पीसीआर परीक्षणबाट ३४ र एन्टिजेनबाट चारजनामा कोभिड–१९ पुष्टि भएको थियो। यस्तै, १०, ११, १२, १३, १४ र १५ गते क्रमशः ३५, १८, ८, २३, २१ र ४२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणदर ५० भन्दा कम रहँदा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्य छ।

दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएसँगै कोभिड परीक्षण गराउनेको संख्या पनि ह्वात्तै घटेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग डा. शेरबहादुर पुन बताउँछन्। भन्छन्, ‘धेरै व्यक्तिमा कोरोना संक्रमणदर घटिरहेको छ भन्ने सोच छ। ओमिक्रोनले दोस्रो लहरजस्तो समस्या ननिम्त्याएका कारण पनि धेरैले परीक्षण गराउँदैनन्। दैनिकी पनि पुरानै लयमा फर्किरहेको छ।’

महामारीको अन्त्य भएको हो?

कोरोना महामारी पछिल्लो समय शिथिल हुँदै गएको छ। नेपालमा कोरोना संक्रमणको लहरको उतारचढाव शान्त अवस्थामा भए पनि सावधानीका उपाय भने अपनाइरहनुपर्ने डा. पुनको सल्लाह छ। महामारी सधैं एउटै किसिमको नहुने उनी बताउँछन्।

उनका अनुसार कोरोना संक्रमणदर कम भए पनि जनस्वास्थ्यका मापदण्डलाई तुरुन्तै छोडिहाल्ने अवस्था छैन। संक्रमण नियन्त्रणमा भाइरसविरुद्धको खोपले पनि धेरै हदसम्म भूमिका वहन गरेको उनको भनाइ छ। अझै पनि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले जनस्वास्थ्यका मापदण्डलाई निरन्तरता दिन आवश्यक छ। कोरोनाकालका सिकेका जनस्वास्थ्यका मापदण्डले कालान्तरसम्म फाइदा हुने उनको तर्क छ।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएयता तीन करोड ९८ लाख ७५ हजार २११ डोज खोप वितरण गरिएको छ। त्यसमध्ये पहिलो मात्रा एक करोड ८७ लाख ५० हजार नौ डोज लगाइएको छ। यस्तै, पूर्ण डोज खोप लगाएकाहरूको संख्या एक करोड ९० लाख १४ हजार २१२ छ। र, बुस्टर डोज लगाउनेको संख्या २१ लाख १० हजार ९९० छ। यसरी हेर्दा कुल जनसंख्याको ७५ प्रतिशतलाई एक डोज र ६५.१ प्रतिशलाई पूर्ण डोज लगाइएको छ।

कोभिड भ्यालू?

नेपालमा कोभिडको आर भ्यालूको अवस्था कस्तो छ? नेपाली हेडलाइनको जिज्ञासामा डा. पुन भन्छन्, ‘नेपालमा कोभिडको आर भ्यालू एकभन्दा कम रहेको मेरो अनुमान छ। भाइरस आगामी दिनमा कसरी प्रस्तुत हुन्छ भन्ने कसैलाई थाहा छैन। संक्रमण भए पनि जटिल अवस्था आउन सक्ने सम्भावना भने एकदमै छ। भविष्यमा अचानक कुनै नयाँ भेरियन्ट आयो, संक्रमितको संख्यामा वृद्धि भयो भने पनि दोस्रो लहरको जस्तो भयावह अवस्था आउने सम्भावना न्यून छ।’

‘आर’ नम्बर कोरोना भाइरस वा कुनै पनि रोग फैलाउने क्षमतालाई मूल्यांकन गर्ने तरिका हो। ‘आर’ भनेको औसतमा एक संक्रमित व्यक्तिबाट भाइरस कति संख्यामा फैलियो भन्ने थाहा पाउने आधार हो। यो भ्यालू एक अंकभन्दा कम हुँदा महामारी कमजोर बनेको मानिन्छ।

सिकाइ उपयोगी

कोरोनाकालमा धेरैजसो नौलो कुरा अनुभव गरियो। सामाजिक दूरी कायम गर्नेदेखि लकडाउनको अनुभव संगालियो, विश्वभर नै। यसबीच राजनीतिक, सामाजिक र आर्थिक उतारचढाव पनि महशुस गरियो। कोरोनाकालमै जनस्वास्थ्यका मापदण्ड पनि कडाइका साथ पालना गरियो, जसले कोरोना संक्रमणलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिएको डा. पुन बताउँछन्।

उनका अनुसार कोरोना महामारीमा सिकेको कुराले सरुवा रोग नियन्त्रणमा अहम् भूमिका वहन गर्छ। जनस्वास्थ्यका मापदण्डलाई समयक्रमअनुसार अनुसरण गर्न आवश्यक छ। रुघाखोकी लागेको बेला मास्क लगाउने, गर्मीयाममा टाइफाइड, झाडापखाला हुने सम्भावना बढी हुन्छ, यस्तो समयमा साबुनपानीले हात धुने बानीको विकास गर्नुपर्छ। जीवन उपयोगी सिकाइलाई व्यवहारमा उतार्न सके स्वास्थ्यसम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिने उनको भनाइ छ।

मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.