• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

औषधिका लागि गाँजा खेती खोल्दा जोखिम कि फाइदा?


बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित

Advertisement

सन् १९७० को दशकको शुरुवातमा काठमाडौंमा पनि हिप्पी कल्चर उत्कर्षमा थियो। काठमाडौंका झोंछेलगायत केही टोलहरू ‘फ्रिक स्ट्रिट’का रूपमा चिनिन्थे। र, ती टोलमा गाँजाको खुला बिक्री हुन्थ्यो, त्यो पनि दुर्व्यसनी युवा वर्गलाई। तर, त्यसरी गाँजाको खुला बिक्री गर्दा नेपाली युवामा दुर्व्यसन अत्यधिक बढेपछि सरकारले ०३० को दशकमा गाँजा खेती र प्रयोगमा पूर्ण प्रतिबन्ध लगायो, जुन अद्यापि कायम छ। र, रहनु पनि पर्छ।

तथापि, हालै गृह मन्त्रालयले ‘गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक, २०७८’ तयार पारेको छ। उक्त विधेयक संघीय संसदबाट पारित भएर ऐन कार्यान्वयनमा आएपछि गाँजाको औषधिजन्य प्रयोग मात्र खुला हुनेछ। तथापि, विज्ञहरूले औषधिजन्य प्रयोगका लागि गरिने गाँजा खेतीको सुरक्षामाथि पनि चिन्ता जनाउँदै आएका छन्।

अहिले संसारभर नै गाँजा औषधिजन्य प्रयोगका दृष्टिले कति उपयोगी छ भन्ने बहस चलिरहेको छ। विज्ञहरूको भनाइमा यसका फाइदा र बेफाइदा दुवै छन्। हरेक नयाँ अध्ययन र अनुसन्धानपछि यसका फाइदा र बेफाइदा पुष्टि हुँदै आएको पनि छ।

के हो गाँजा ?

गाँजा वनस्पतिको एक प्रकार हो। यो नेपालका तराई र पहाडी भूभागमा पाइन्छ। यो दुई किसिमको हुन्छ- फिमेल र मेल। मेल गाँजालाई भाङ र फिमेललाई गाँजा भनिन्छ।

‘गाँजालाई परापूर्वकालदेखि विभिन्न रोगको औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ,’ सिंहदरबार वैद्यखानाका पूर्वप्रमुख तथा स्वास्थ्य विभागअन्र्तगत आयुर्वेद विभागका वरिष्ठ चिकित्सक डा. वंशदीप खरेल भन्छन्, ‘गाँजाको प्रयोग जंगबहादुर राणाको पालादेखि हुँदै आएको दस्तावेजहरू भेटिन्छन्। भारतमा पनि गाँजा मिसाइएका औषधिहरू पाइन्छन्।’ नेपालमा यसको खेती र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

उनका अनुसार ‘लागूऔषध नियन्त्रण ऐन, २०३३’ कार्यान्वयनमा आएपछि गाँजामा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो। हाल अमेरिका, क्यानाडालगायत केही देशमा गाँजा प्रयोग गर्दा स्वास्थ्यमा लाभ हुने परीक्षणबाट देखिएकाले औषधिजन्य प्रयोजनमा यसको खेती फुकुवा गर्दै लगिएको छ।

फाइदा

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन्। खासगरी, निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्याजस्ता रोग निको पार्न गाँजा (विजयासार बुटिक) औषधिको रूपमा प्रयोग हुँदै आएको डा. खरेल बताउँछन्।

उनका अनुसार गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ। अनिद्रा र उच्च रक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’मा गाँजाको कण हुन्छ। गाँजाबाट बन्ने औषधिहरू नेपालमा हाल प्रतिबन्धित छन्। यस्ता औषधिको आ-आफ्नै विशेषता छन्।

के-के थिए गाँजाबाट बन्ने औषधिहरू ?

गंगाधर रस, महाजराङ्कस रस, जवानल रस, त्रिभुवन कीर्ति रस, लक्ष्मीविलास रस, रातोबरी, भोग सुन्दरी गुटिका, दुग्धबटी, नारदीय लक्ष्मी विलास रस, कनकसुन्दर रस, बिजयासार बटिक, बंगभस्म नामक औषधिहरू गाँजाबाट बनाइने डा. खरेलले जानकारी दिए। उनका अनुसार नामअनुसार यिनीहरूको काम पनि फरक-फरक थियो।

गंगाधर रस पेटसम्बन्धी रोगलाई निर्मूल पार्न प्रयोग गरिन्थ्यो भने महाजराङ्कस ज्वरो, जवानल रस बाथरोग, त्रिभुवन कीर्ती रस र लक्ष्मीविलास रस (ज्वरो, टन्सिल, मुख स्वास्थ्य तथा स्वासप्रश्वाससम्बन्धी), रातोबरि (झाडापखाला र कलेरा), भोगसुन्दरी गुटिका (यौनवर्द्धक), दुग्धबटी (क्रोनिक कोलाइटिज) नारदीय लक्ष्मीविलास रस (विभिन्न छातीसम्बन्धी तथा पिनास रोग), कनक सुन्दरी (झाडापखाला, जरो) बिजयासार बटिक (निद्रा लगाउने) बंगभस्म (यौनवर्द्धक) औषधिको रूपमा प्रयोग गरिन्थ्यो।

‘प्रमाणित भएका औषधिहरू यिनै हुन्,’ डा. खरेल भन्छन्, ‘यी औषधिहरू पूर्ण रूपमा गाँजाबाट बनेका नभई गाँजाको केही मात्रा यिनीहरूमा पाइने हो।’

औषधिमा प्रयोग

औषधिजन्य प्रयोजनमा निश्चित क्षेत्रमा वैधानिक तरिकाले गाँजा खेती गर्दा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने डा. खरेल बताउँछन्। भन्छन्, ‘नेपालमा ३-४ सय वर्ष अगाडिदेखि गाँजाबाट औषधिहरू बन्दै आएका थिए। त्यसको प्रमाण हामीसँग छ। औषधिलाई विश्वबजारमा लिन सकिन्छ। त्यसैगरी गाँजाबाट बनेको औषधिलाई अनुसन्धानका रूपमा प्रयोग गर्न पनि सकिन्छ।’

गाँजा उत्पादन गर्दैमा सबैले गाँजा नै सेवन गर्छ भन्ने नरहेको उनको भनाइ छ। उनका अनुसार सकारात्मक र नकारात्मक गाँजा खेतीबारे अध्ययन हुनु जरुरी छ। गाँजाको सकारात्मक र नकारात्मक पक्षबारेमा समाजमा जनचेतना जगाउन आवश्यक छ। दैनिक गाँजा खाँदा जीवनमा कस्तो असर पर्छ भन्ने जानकारी समाजमा दिन हुन आवश्यक रहेको उनको तर्क छ।

गाँजा बजारमा अवैध रूपमा जान नदिनको लागि यसको सकारात्मक पक्षतिर ध्यान दिन आवश्यक छ, यसबाट असर पर्ने सम्भावना भनेको दुव्र्यसन हो। गाँजा खेती किन गरिँदै छ ? यसको उदेश्य के हो ? जस्ता यावत् कुराको जानकारी हुन आवश्यक छ।

‘गाँजा बजारमा अवैध रूपमा जान नदिनको लागि यसको सकारात्मक पक्षतिर ध्यान दिन आवश्यक छ,’ उनी भन्छन्, ‘यसबाट असर पर्ने सम्भावना भनेको दुर्व्यसन हो। गाँजा खेती किन गरिँदै छ, यसको उदेश्य के होजस्ता यावत् कुराको जानकारी हुन आवश्यक छ।’ अनावश्यक रूपमा यसको प्रयोग गर्दा युवा वर्ग दुर्व्यसनमा फस्ने सम्भावना रहेको उनी बताउँछन्।

उनको भनाइमा दुर्व्यसन तथा गाँजाको नकारात्मक पक्षबाट जोगिनका लागि दुर्व्यसनमा फस्न सक्ने मानिसलाई यसको खेतीमा पनि प्रयोग गर्नु हुँदैन। ‘गाँजा खेतीमा दक्ष जनशक्तिलाई मात्र प्रयोग गर्नुप¥यो। गाँजा खेतीमा काम गर्ने व्यक्तिलाई निगरानी गर्नुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूले गाँजाको दुरुपयोग गरेको थाहा पाएमा नियन्त्रणको कदम चाल्नुपर्छ। गाँजा नशा दिने एक प्रकारको जडिबुटी भएकाले भोलिका दिनमा यसलाई नियन्त्रण गर्न सकिएन भने समाजमा नकारात्क असर पर्नसक्नेतिर पनि सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ।’

यस्तो छ नेपालमा गाँजाको इतिहास

मार्टिन बुथको किताब ‘गाँजाको इतिहास’मा उल्लेख भएअनुसार १५औं शताब्दीमा नेपालमा सैनिकहरूलाई लडाइँमा जानुअघि साहसका साथ लड्न सकियोस्, सही निशाना लगाओस् भनेर गाँजा सेवन गराइने प्रवृत्ति थियो।

नेपालमा १७औं शताब्दीमै गाँजालाई औषधिका रूपमा प्रयोग गरेको पाइन्छ। १९औं शताब्दीमा तराईका बारा, पर्सा, सिरहा, सप्तरी, महोत्तरीजस्ता जिल्लाहरूमा नगदेबालीका रूपमा व्यापक मात्रामा गाँजा उब्जाउन थालिएको थियो। दोस्रो विश्वयुद्धताका विश्वभर नेपालको गाँजा प्रख्यात थियो।

दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको शुरुवातसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’हरूको घुइँचो लाग्न थालेको थियो। सन् १९६० ‘हिप्पी’हरू आउन शुरु भएपछि तत्कालीन सरकारले गाँजा बेचेर पैसा कमाउन र कर उठाउन सकिन्छ भन्ने ठान्यो। त्यसलगत्तै सन् १९६१ मा गाँजा खेती गर्न र बेच्न अनुमति लिनुपर्ने कानून बनायो। कानून बनेपछि त्यतिबेला ३० वटा पसललाई अनुमति दिइएको थियो। तीमध्ये अधिकांश काठमाडौं वसन्तपुरमा थिए।

गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्‍यो। संयुक्त राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हेरोइनजस्तो कडा लागूऔषधको दर्जामा राख्यो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्‍यो। एसिया र पश्चिमा देशमा त्यतिबेलासम्म गाँजा खेती र प्रयोगमा प्रतिबन्ध थिएन। र, संयुक्त राष्ट्रसंघले नै तत्काल प्रतिबन्ध लगाउन दबाब सिर्जना गर्‍यो।

के छ ऐनमा ?

‘लागूऔषध नियन्त्रण ऐन, २०३३’ को धारा ४ को उपधारा ‘क’ ले गाँजा खेती, उत्पादन, खरिद, बिक्री, निकासी, ओसारपसारलाई पूर्ण रूपमा बन्देज लगाएको छ । कसैले ऐन उल्लंघन गरे कसुरदारलाई न्यूनतम एक महिना वा दुई हजार रुपैयाँ जरिवानादेखि अधिकतम दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ।

यो ऐन संयुक्त राष्ट्रसंघको सन् १९६१ मा जारी ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स’का आधारमा बनेको हो। उक्त कन्भेसनले गाँजालाई कडा लागूऔषधको कोटीमा राखेको छ। यो कन्भेन्सन तयार गर्न अमेरिकाको महत्त्वपूर्ण भूमिका थियो।

गाँजा खेतीलाई सहज बनाउँदा आपराधिक गतिविधिमा वृद्धि हुने पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। भन्छन्, ‘औषधि प्रयोजनका लागि गाँजा खेती गर्दा माग, मात्रा के हो बुझ्नुपर्छ। यस्ता कुरालाई ध्यान नदिएर राजनीतिक उद्देश्यका लागि खेती गर्ने हो भने यसले समस्या निम्त्याउँछ।’

उनका अनुसार गाँजा खेती अध्ययन, अनुसन्धानबिना गर्न सकिँदैन। हचुवाको भरमा यसको खेती गर्दा समाजमा विभिन्न किसिमका समस्या उत्पन्न हुनसक्छन्। पूर्वडीआईजी मल्ल भारतको उदाहरण दिन्छन्। भन्छन्, ‘भारतजस्तो ठाउँमा त तीनवटा राज्यका तीन जिल्लामा मात्रै कानूनी रूपमा अफिम खेती गरिन्छ। गाँजाको बजार नेपालमा सीमित हुँदैन। लागूऔषधका रूपमा प्रयोग गरिने भएकाले यससँग जोडिएका अपराधहरू स्वाभाविक रूपमा बढ्छन्।’ त्यसैले यसको खेतीबारे हलुका टिप्पणी गर्न नहुने उनको बुझाइ छ।

बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ७.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ८.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.