काठमाडौँ । युक्रेनमाथि रुसले गर्दै आएको हमलाबाट अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकार मारिएका छन् । आक्रमणमा एक जना घाइते भएका छन् ।
Advertisement
युक्रेनको राजधानी किएभनजिकै रुसी सेनाको गोलाबारीमा उनीहरु मारिएको फक्स न्युजले जनाएको छ । मृत्यु हुनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन्
युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजमा सल्लाहकार थिए । हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् ।
मृत्यु भएका पियरे द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्ध, अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । पछिल्लो समय उनी युक्रेन युद्धको रिपोर्टिङमा पुगेका थिए ।