काठमाडौँ । युक्रेनको एलभिभ सहरमा रुसी सेनाले हमला गरेको छ । हमलामा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ भन ५७ जना घाइते भएका छन् ।
Advertisement
एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेख्दै भनेका छन्, ‘दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।’
रुसले युक्रेनमाथि आक्रमण गरेसँगै अहिलेसम्म करिब ३० लाख सर्वसाधरण देशबाहिर गएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् ।
आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास भइरहेको समाचारमा जनाइएको छ । विषेश गरी दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर नगर र गाउँ बढी प्रभावित भएका छन् ।