कैलाली । काठमाडौमा सम्पन्न १४ औं केन्द्रस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १९ स्वर्ण पदक सहित सुदुरपश्चिम प्रदेश प्रथम भएको छ ।
Advertisement
बिहिबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदुरपश्चिम प्रदेश ४९ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । जसमा १९ स्वर्ण, १२ रजत र १८ काश्य पदक रहेका छन ।
त्यस्तै बाग्मती दोश्रो र कर्णाली प्रदेश तेश्रो भएको छ । बाग्मतीले स्वर्ण १७, रजत १३ र काश्य १५ पदक प्राप्त गरेको थियो । त्यस्तै कर्णालीले १० स्वर्ण, ५ रजत र १६ काश्य पदक प्राप्त गरेको थियो ।
यस्तै प्रतियोगितामा सहभागी कोशी, लुम्बिनी, गण्डकी र मधेस प्रदेशम क्रमश चौथो देखि सातौ भएका छन ।