काठमाडौँ । कलाकार दीपकराज गिरीले नाबालिग गायिकामाथि भएको जबरजस्ती करणीबारे मुख खोलेका छन् । उनले पीडित बालिकालाई आफूहरूले नै यो क्षेत्रमा ल्याएर चर्चित बनाएसँगै अहिले भएको घटनाको पनि जिम्मा लिनु पर्ने बताएका छन् ।
उनले पहिलोपटक पीडित नाबालिग गायिकालाई छक्का पञ्जा ३ को सुटिङका क्रममा भेटेर ल्याएको अडिओले चर्चित बनेको बताउँदा अहिलेको अवस्थाको पनि जिम्मा लिने कि नलिने भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनी आज जे बनिन्, त्यसमा हाम्रो सहयोग थियो, उनले आज जे भोगिरहेकी छिन, त्यसमा हाम्रो क्षेत्र, हाम्रो संगत, हाम्रो वातावण्रणको दोष छ कि छैन ?’
उनले आफ्नो चाहना पीडित बालिगलाई गाली गर्न बन्द गर्नु पर्ने बताएका छन् । उनले भने, ‘उनले भोगिरहेको आजको नियतिमा आफूलाई पनि दोषी देखिरहेको छु, यति भनिरहँदा मैले पनि गाली खानु पर्ने छ ।’ उनी आरोपी पल शाहको बारेमा भने मौन रहेका छन् ।