काठमाडौँ । युक्रेनका चर्चित खेलाडीहरू रुसविरुद्धको लडाइँमा सक्रिय भएका छन् । विश्व बक्सिङ च्याम्पियन, फुटबल स्टार, धेरै प्रतियोगितामा जित हासिल गरेको चर्चित तथा सक्रिय खेलाडी रुसविरुद्ध लडाइँमा सहभागी भएका हुन ।
Advertisement
बक्सिङ विश्व च्याम्पियन तथा किभका मेयर भिताली क्लिट्चकोले हतियार लिएर आफू पनि लडाइँमा उत्रिन तयार रहेको बताए । ‘मैले धेरै हतियार चलाउन जानेको छु, त्यो सीप र ज्ञानलाई म देशको रक्षाका लागि प्रयोग गर्न तयार छु,’ उनले भने ।
अर्का पुराना खेलाडी ५० वर्षीया वलाडिमिरले पनि आफू स्वयंसेवी भएर देशका लागि लड्ने अठोट व्यक्त गरेका छन् ।