काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
Advertisement
लोसपा संसदीय दलको बुधबार बसेको बैठकले एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई दिएको थियो । लोसपा एमसीसीको पक्षमा छ ।
नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टीले बिहीबारको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरेको छ ।