Advertisement
लन्डन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफू समर्थक राष्ट्रपति चाहेको बेलायतले आरोप लगाएको छ।
बेलायती विदेश मन्त्रालयले एक असामान्य कदम उठाउँदै युक्रेनमा पूर्वसांसद येभेन मुरायेभलाई रुसका एक सम्भावित उम्मेदवार भएको बताएको छ।
रुसले युक्रेन सीमामा आफ्ना एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ। तर, युक्रेनमाथि आक्रमण गर्ने तयारी नभएको दाबी रुसले गर्दै आएको छ।
बेलायती विदेश मन्त्री लिज ट्रसले रुस युक्रेन सीमाबाट पछाडि हट्नुपर्ने बताइन्। अन्यथा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइन्।
सन् २०१४ मा रुसले युक्रेनको क्रिमियामाथि कब्जा जमाएको थियो। त्यसलगत्तै युक्रेनमा रुस समर्थक राष्ट्रपति सत्ताच्युत भएका थिए।