Advertisement
श्रीनगर- भारत जम्मु कश्मीरको अनन्तनाग जिल्लामा बुधबार भएको दुईवटा अतिवादी आक्रमणमा एक प्रहरी अधिकारीसहित दुईजनाको मृत्यु भएको छ । मृतक एकजना स्थानीय बासिन्दा हुन् ।
प्रहरीका अनुसार अनन्तनाग जिल्लाको बिजबिहरा प्रहरी चौकीमा अतिवादीहरूले आक्रमण गरेका हुन् । घटनामा प्रहरीका असई मोहम्मद असरफमाथि अन्धाधुन्द गोली प्रहार भएको थियो । श्रीनगरस्थित अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अतिवादी आक्रमणको अर्को घटना श्रीनगरको इदगाह इलाकामा भएको हो । स्थानीय रउद अहमदलाई अतिवादी समूहले अन्धाधुन्द गोली प्रहार गरेको थियो । स्थानीय अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको थियो ।