काठमाडौं- नेपालमा गत २४ घण्टामा २५९ जना कोभिड १९ संक्रमित थपिएका छन् । देशभर १० हजार ४ सय ८७ जनामा गरिएको नमूना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
२४ घण्टामा ३३७ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५९९७ जना रहेको छ ।