रुपन्देही- सैनामैना नगरपालिका-८ बांसगढी बस्ने ३६ वर्षीया खुमा घर्तीको उनकै पतिको धारिलो हतियार प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको छ ।
Advertisement
बुटवल उपमहानगरपालिका-११ स्थित दिदिको घरमा आएको अवस्थामा उनकै पति ३८ वर्षीय सुकुम भन्ने सन्त बहादुर घर्तीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले खुमालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।