• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मेक्सिकोको जंगलमा माया सभ्यता


    Avatar photo
शुक्रबार, असार १५, २०८० मा प्रकाशित

मेक्सिको सिटी- वैज्ञानिकहरूले मेक्सिकोको जंगलमा प्राचीन माया सभ्यताको अर्को प्रमाण फेला पारेका छन्।

Advertisement

स्याटेलाइटको इमेजरी तथा अन्य आधुनिक उपकरणको सहारामा वैज्ञानिकहरूले प्राचीन सभ्यता उजागर गरेका हुन्। आधुनिक प्रविधिमार्फत मेक्सिकोको जंगलमा माया सभ्यता रहेको समग्र प्रमाण बटुल्न वैज्ञानिक सफल भएका हुन्। विकट जंगलमा उक्त सभ्यताको प्रमाण बटुलिएको वैज्ञानिकहरूले बताएका छन्।

लोप भइसकेको उक्त प्राचीन मानव सभ्यताको अवशेष जमिनमुनि फेला पर्दै आएको छ। मेक्सिकोको दक्षिणी क्षेत्रको युकाटन प्रायद्विपस्थित घना जंगलमा उक्त सभ्यताको पछिल्लो प्रमाण जम्मा पारिएको हो। करिब ६० किलोमिटर क्षेत्रमा माया सभ्यताको बस्ती रहेको प्रमाण जुटेको छ।

उक्त प्राचीन बस्तीमा ढुंगाका स्तम्भहरू देखिएका छन्। पिरामिड शैलीका भवन फेला परेका छन्। र, ती संरचना व्यवस्थित रहेको पाइएको छ। समयसँगै माया सभ्यता विनाश भएको थियो। त्यस क्रममा बसाइएका शहरहरूमा ढुंगाको स्तम्भको अर्थ भवनको माथिल्लो भागमा जाने प्रवेश द्वार निर्माण गर्ने गरिएको प्रमाण हो। मनोरञ्‍जन र धार्मिक प्रयोजनका लागि बल कोर्ट निर्माण गर्ने ट्रेन्ड माया सभ्यतामा रहेको देखिएको छ।

मेक्सिकोको जंगलमा माया सभ्यता पत्ता लगाउन पूरै क्षेत्रमा ओभरहेड लिडर स्क्यान गरिएको थियो। र, त्यतिबेलाका भवनहरू पत्ता लेजर बिमको प्रतिबिम्ब उपयोग गरिएको थियो। ती भवन घना जंगलमा छिपेका छन्।

माटोमुनि फेला पर्‍यो एक हजार वर्ष पुरानो ‘माया सभ्यता’

‘सबैभन्दा ठूलो आश्‍चर्य भनेको यो भूमि उच्चस्थानमा छ। र, व्यापक आर्द्र भूमिबाट घेरिएको छ,’ स्लोभेनियन एकेडेमी अफ साइन्सेज एन्ड आर्ट्सका पुरातत्वविद तथा टिम लिडर इभान स्प्राजक भन्छन्, ‘यसको स्मारक रहेको केन्द्र ५० हेक्टरमा फैलिएको छ। त्यसमा विभिन्‍न भवनहरू छन्। र, तिनमा पिरामिड संरचनाका भवन पनि छन्।’

उक्त उष्‍णकटिबन्धीय जंगल आकारमा विशाल छ। र, करिब ३ हजार वर्गकिलोमिटरको निर्जन जंगल छ। यो जंगलको बारेमा धेरै अध्ययन भएको छैन। त्यसैले त्यसभित्रका विभिन्‍न पाटो खोतल्न बाँकी छ। जंगल कति घना छ भन्‍ने प्रमाण पनि हो यो।

पुरातत्वविद स्प्राजकका अनुसार उक्त जंगलमा २५० देखि १००० इश्‍वीबीचमा प्राचीन शहर रहेको अनुमान छ। र, त्यो एक महत्त्वपूर्ण स्थानीय केन्द्र रहेको प्रमाण त्यहाँ देखिएका भवनहरूका अवशेष हुन्। माया सभ्यतालाई क्लासिकल युगको मुख्य सभ्यता मानिन्छ।

उक्त जंगलमा सेरामिक भाँडोका टुक्राहरू पनि फेला परेका छन्। त्यसको अर्थ अहिलेका सेरामिक भाँडाहरू प्राचीन कालमा पनि प्रयोगमा रहेको देखिएको छ। ती भाँडाहरूमाथि थप अनुसन्धानबाट उक्त शहर कहिलेको हो भन्‍ने जानकारी प्राप्त हुने वैज्ञानिकहरूको भनाइ छ।

सदियौंदेखि माया सभ्यताका मानिसलाई मेसो-अमेरिकन मानिन्छ। त्यो भनेको मध्य अमेरिका र अमेरिकाको सबैभन्दा दक्षिणी भाग हो। र, मेसो-अमेरिकन सभ्यता प्राचीन कालको एक प्रमुख सभ्यता मानिन्छ।

वास्तुकला, संस्कृति, क्यालेन्डर प्रणाली, गणित र अन्य विविध क्षेत्रमा मानवीय प्रगतिका लागि माया सभ्यता प्रसिद्ध छ। नवौं शताब्दी इश्‍वीको दौरान माया सभ्यतालाई एक ठूलो पतनको सामना गर्नुपर्‍यो।

गृहयुद्ध, खडेरी तथा अन्य पर्यावरणीय कारणहरूबाट यो सभ्यता विलुप्त भएको थियो। जब कि, १७औं शताब्दीमा स्पेनिस आक्रमणकारीहरूले पनि यो सभ्यताको विनाश गर्न सकेका थिएनन्। माया सभ्यता बसेका स्थलहरूमा अहिले भने घना जंगल विकसित भएको छ। र, विगतको खडेरीग्रस्त क्षेत्र हराभरा र पानीको स्रोत तयार भएका छन्।

साइन्स अलर्टबाट

शुक्रबार, असार १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.