लस एन्जलस- अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ।
Advertisement
प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो। क्यालिफोर्नियाको लस एन्जलसबाट करिब ३२० किलोमिटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो। यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो।
सो जहाज ६ सिट क्षमताको थियो र त्यसमा रहेका चारजनाको घटनास्थलामै ज्यान गएको थियो। दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन। अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन्। यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन।