काठमाडौं- टी–२० विश्वकपमा भारत समूह चरणबाटै बाहिरिएको छ। आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेसँगै भारत भारत समूह चरणबाटै बाहिरिएको हो ।
आज युएइको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड यात्रा सुरक्षित गरेको हो । अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्यलाई पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको छ ।
आजको खेलमा टस जितेको अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै अफगानिस्तानले एक सय २४ रन जोडेको थियो। न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल यात्रा टुंगिएको हो।
पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। भारत यसअघि पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग विकेटले पराजित भएको थियो।
अफगानिस्तान र स्कटल्यान्डलाई भने पराजित गरेको थियो।