मेष- आजको दिन आर्थिक अभाव हुन सक्छ। लगानी थप्नुपर्ने बाध्यताका कारण आर्थिक असन्तुलन होला। विरोधीहरू सक्रिय रहेकाले सतर्कता अपनाउनु होला।
वृष- आजको दिन मिहिनेतको उचित प्रतिफल प्राप्त हुन सक्छ। अध्ययन, अध्यापनको क्षेत्र सफल रहने छ। आम्दानीका स्रोत बढ्ने योग छ।
मिथुन- मान प्रतिष्ठामा वृद्धि हुने दिन छ। साथीभाइसँग रमाउन पाइने छ। मिहिनेती स्वभावका कारण आजको दिन सबै क्षेत्रमा सफलता प्राप्त हुन सक्छ।
कर्कट- दीर्घकालीन लाभको योजनामा अगाडि बढ्ने योग छ। तर, तपाईंको बुद्धि र विवेकको प्रयोग गरेर फाइदा लिन खोज्नेहरूबाट टाढा रहनु होला।
सिंह- खानपानमा सचेत नहुँदा आज स्वास्थ्य बिग्रिने छ। व्यस्त रहनु पर्ने दिन पनि परेको छ। चुनौती पन्छाउँदै काममा सफलता पाइने योग छ।
कन्या- आम्दानी बढ्ने र मन उत्साहित हुने समय छ। व्यापार, व्यवसाय राम्रो रहनाले मन प्रफुल्लित हुनेछ। काम गर्ने जोश जाँगर बढ्ने दिन छ।
तुला- सुझबुझपूर्ण निर्णयले प्रतिस्पर्धामा खरो उत्रिन सकिने छ। पराक्रम बढेको छ। विरोधीहरू किनारा लाग्लान्। हिम्मतले काम लिनु होला।
वृश्चिक- आजको दिन स्वास्थ्य कमजोर रहला। अरूबाट प्रयोग नहुनु उत्तम हुनेछ। पठनपाठनको क्षेत्रमा त्यति सफलता प्राप्त नहोला। तथापि, लक्ष्य प्राप्ति धेरै टाढा देखिँदैन।
धनु- तपाईंको कमजोरीको फाइदा उठाउनेहरू सक्रिय छन्, सजग रहनु होला। हतारमा कुनै पनि निर्णय नलिनु उत्तम हुनेछ। आज श्वासप्रश्वासजन्य समस्या देखिन सक्छ।
मकर- पराक्रम बढेको छ। साहसिक निर्णय लिन नडराउनु होला। कामका लागि प्रशस्त स्रोत साधन जुट्न सक्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुने भएकाले आजको दिन उल्लासपूर्ण रहने छ।
कुम्भ- कसैलाई सापटी नदिनु होला। व्यापार, व्यवसायमा रहेकाहरूले उधारो कारोबार पनि नगर्नु उत्तम हुनेछ। वाद विवाद पर्ने योग रहेकाले बोल्दा तौलेर मात्र बोल्नु होला।
मीन- आज सिर्जनात्मक काममा रुचि बढेको छ। साथीभाइको जमघटमा स्वादिष्ट व्यञ्जनमा रमाउन पाइएला। लाभदायक कामको प्रस्ताव प्राप्त हुने सम्भावना छ।