नयाँदिल्ली- भारतमा संसारको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिइएको छ ।
खोप निर्माता काडिला हेल्थकेयरले बनाएको जिकोभ-डी खोपलाई भारतीय खोप नियामक निकायले अनुमति दिएको हो । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजाअनुसार संक्रमण नियन्त्रणमा यो खोप ६६ प्रतिशत प्रभावकारी छ ।
भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक १२ करोड डोज कोरोना खोप उत्पादन गर्ने लक्ष्य तय गरेको छ । यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । यसअघि डीएनए खोपले जनावरमा राम्रो काम गरेको भए पनि मानिसमा यस्तो खोप आएको थिएन ।
भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको छ । भारतमा करिब १३ प्रतिशत बयस्कले पूर्ण डोज खोप पाएका छन् । ४७ प्रतिशतले एक डोज पाएका छन् ।
काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजारजनामा परीक्षण गरिएको थियो । यीमध्ये एक हजारजना १२ देखि १८ वर्षका थिए ।