• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

‘तपाईं कुन दलको ?’


सोमबार, असार १४, २०७८ मा प्रकाशित

दामोदर न्यौपाने

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टीले लमजुङको बेंसीसहरमा आमसभा राखेको थियो। ०५९ असोज पहिलो साता भएको त्यो सभामा प्रमुख अतिथि थिए, त्यतिबेलाका महामन्त्री पशुपतिशमशेर जबरा। सभा सकेर राणा होटेल टुकुचेपिकमा बसे।

मेरोे जिल्लाबाट ३० वर्षसम्म लगातार चुनाव जितेका व्यक्ति हुन् उनी। राणा खलककै भए पनि सिन्धुपाल्चोकसँग भावनात्मक नाता छ उनको। हाम्रो परिवारमा चिनापर्ची थियो। विवाह, ब्रतबन्धजस्ता सामाजिक काममा आउँथे। चुनावी कार्यक्रममा गाउँ आउँदा तिनले उपहार दिएको सम्झना छ। धेरै भएको थियो भेट नभएको। भेट्न मन लाग्यो। बसेको ठाउँमा गएँ। भेट्नासाथ रामचन्द्रको छोरा भनेर परिचय दिएँ। निकै खुशी भए।

सोधे, ‘रामचन्द्र के गर्दै छ बा ?’

धेरैबेर कुराकानी भयो।

राप्रपाका धेरै नेता, कार्यकर्ता जम्मा भएका थिए त्यहाँ। खुला रूपमा कुराकानी भइरहेको थियो। राणाले राप्रपाका जिल्ला अध्यक्ष हेमजंग गुरूङतिर हेरेर भनिदिए, ‘ए, कान्तिपुरमा हाम्रै मान्छे आएछ। सहयोग गर्छ यसले। गज्जब भयो नि तिमीहरूलाई।’ राति अबेरसम्म बसेर म डेरातिर लागेँ।

भोलिपल्ट उनीसँग काठमाडौँ फर्कने भएँ। सभा रहेछ गोरखामा। सँगै गइयो। हिजोको उनकै कार्यक्रमको समाचार तयार पारेको थिएँ।

सञ्चारको सुविधा नभएकाले लमजुङबाट पठाउने कुरा भएन। भोलिपल्ट राणासँगै गोरखा पुगेर फ्याक्स गरेँ। नियुक्त भएको झन्डै दुई सातापछि समाचार पठाउन पाइयो। बेलुका बास गोरखामै बसियो। भोलिपल्ट पत्रिका हेरेँ। छापिएछ।

राजधानी लागियो। राप्रपाका नेता गाडीभरि थिए। राणा खुलेर कुरा गर्थे। धीत् मर्नेगरी हाँस्थे। कुरा गर्दा गर्दै ‘ए होस गरेर बोल है दामोदर छ’ भनेर मलाई जिस्काउन पनि भ्याउँथे।

फेरि खुलेर हाँस्थे र भन्थे, ‘तर, यो हाम्रो मान्छे हो। उसको काका पनि पत्रकारिता गर्थ्यो। अनि के छ बा विष्णुको हालखबर ?’

सबैलाई चासो दिने उनको बानी। कार्यकर्तालाई खुबै महत्त्व दिन्थे। त्यही स्वभावले हो उनले सिन्धुपाल्चोकमा एकछत्र राज गरेको। जहिले चुनाव उठ्दा पनि जित्थे। पञ्चायतकाल होस् या बहुदल। संविधानसभा निर्वाचनमा भने हारे।

राणासँगको यात्रा रमाइलो भइरहेको थियो। आफूलाई भने समाचार पठाउन नपाएको पीडा छँदै थियो। पहिलो दिनमै तयार पारेको स्वजनको विलाप छाप्न पाइएन। त्यो छाप्न नपाए पनि केही दिनसम्म बासी नहुने भारेभुरे समाचार जम्मा गरेको थिएँ। घरछेउमा पुगेर अफिसमा एउटा फ्याक्स गरिदिएँ। भोलिपल्ट अफिस गएँ। चिनेका कोही थिएनन्। म नयाँ ठाउँमा छिट्टै खुल्न रूचाउँदिनँ। सम्पादक थिए- युवराज घिमिरे। परिचय थिएन उनीसँग। सारै फुच्चे ठान्थेँ आफूलाई। सम्पादक ठूलाबडाजस्तो लाग्थ्यो। परिचय गर्ने आँट अझै आएन। केहीबेर जिल्ला ब्युरोमा बसेँ। जिल्लामा सञ्चार सुविधा नभएकाले समाचार पठाउन नसकेको जानकारी गराएँ। जिल्ला ब्युरो प्रमुख थिए- हरिबहादुर थापा। बाँकी समाचार त्यहीँ छाडिदिएँ।

जिल्ला फर्केपछि जनसम्पर्क बढाउन शुरु गरेँ। दलको कार्यालय लागेँ। त्यसैक्रममा एमाले कार्यालय छिरेँ। परिचय गरियो। सचिव थिए- मायानाथ अधिकारी। परिचय हुनासाथ उनले सोधिहाले, ‘तपाईं कुन दलको ?’

एकैछिन मन्द मुस्कान मात्रै छरिदिएँ। केहीबेरपछि उनीतिरै प्रश्न फर्काइदिएँ, ‘तपाईंकै दलको रहेछु भने ?’

‘काइता हुन्थ्यो नि,’ खुशी देखिए अधिकारी।

मैले उनको जिज्ञासा शान्त पारिदिएँ। भनेँ, ‘म राजनीति गरेकै मान्छे हुँ। तर, यहाँ राजनीति गर्न आएको होइन। पत्रकारिता गर्न आएको। राजनीति छाडिदिएँ।’

‘हाम्लाई नि चाइया तेई हो,’ उनले सहमति जनाए।

पशुपतिशमशेरले हाम्रै मान्छे रहेछ भनिदिएकाले राप्रपाकाले मलाई राप्रपा ठानिरहे। मैले तपार्इंकै पार्टीको रहँेछु भने भनिदिएकाले हाम्रै हो कि भनेर शंका गरिरहे एमालेकाले। कांग्रेसले जुन पार्टीको भए पनि मतलब गरेन। आफ्नो मान्छे भए पक्षमा समाचार आउँथ्यो भन्ने उनीहरूको आशा। तिनीहरूको आशा मैले धेरै पूरा गर्न सकिनँ।

दलको गुनासो हाम्रो समाचार आएन भन्ने मात्रै भयो। खासै गतिविधि हुँदैनथ्यो उनीहरूको। पार्टीको बैठकका कुरा राष्ट्रियस्तरको पत्रिकालाई समाचारको विषय हुने कुरै भएन। सदरमुकाममा मात्रै केन्द्रित थिए उनीहरूका क्रियाकलाप। गाउँमा माओवादीको एकछत्र राज थियो। कांग्रेस, एमालेलगायत दलले कार्यकर्तालाई संरक्षण गर्न सक्दैनथे। गाउँमा सास्ती खेप्नुपरेको थियो। दलको संगठन विस्तारको अभियान केही थिएन। समाचार बन्ने विषय हुँदैनथे। कुनै पनि दल सन्तुष्ट भएनन्। ६ वर्ष मोफसल कार्यथलो बनाउँदा सधैँ भनिरहे, ‘हाम्रा समाचार छापिएनन्।’

(पत्रकार तथा लेखक न्यौपानेको पुस्तक एम्बुसमा ६ वर्षबाट)

सोमबार, असार १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हे प्रकृति तिम्रो न्याय यही हो ?
बड्का भलमन्साको विलाप !
राज्य र धर्मबीचका विश्‍वव्यापी अभ्यासहरू
बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !
झटारो : संसदमा नयाँ विद्यार्थीको खास्सा रमाइलो !
कांग्रेसको बाटो : अदालत पर्खने कि महाधिवेशनमा होमिने ?

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.