• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कोरोनाकालमा चीन- २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशत आर्थिक वृद्धि


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

ग्लोबल टाइम्स

Advertisement

सन् २०२१ को पहिलो त्रैमास (जनवरी-मार्च)मा चीनको अर्थतन्त्रमा सन् २०२० को सोही अवधिको तुलनामा १८.३ प्रतिशतको वृद्धि देखिएको छ। त्यो भनेको विगत दुई वर्षयताको पहिलो त्रैमासिकको औसत पाँच प्रतिशत वृद्धि हो। कोभिड-१९ महामारीको बावजुद चिनियाँ अर्थतन्त्र त्यति धेरै कम नभएको देखिनुलाई आफैँमा तीव्रतर गतिमा सुधारोन्मुख रहेको विश्लेषण गर्न सकिन्छ। त्यसै पनि यतिबेला पाँच प्रतिशतको औसत वृद्धि विश्वका प्रमुख अर्थतन्त्रहरूका लागि सबैभन्दा राम्रो उपलब्धी पनि हो।

चिनियाँ अर्थतन्त्र सुधारको वेग बलियो देखिन्छ। र, त्यो वेग विश्व अर्थतन्त्रकै अग्रपंक्तिमा छ। सन् २०२० मा चिनियाँ अर्थतन्त्रले घाटा नबेहोरेको होइन, जसलाई अहिले देखिएको वृद्धिदरले पूर्ण ‘कभर’ गर्न भने सकेको छैन। त्यसैले थप वृद्धिदर हासिलका लागि प्रयत्न गर्न सकिने प्रशस्त ठाउँ छ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा अहिले वैदेशिक व्यापारले महत्त्वपूर्ण योगदान दिएको छ। तर, घरेलु खपत अपेक्षित स्तरमा देखिएको छैन। घरेलु खपत नै यस्तो महत्त्वपूर्ण मानक हो, जसले मानिसको जीवनस्तरमा सुधार भएको संकेत गर्छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२१ को पहिलो त्रैमासमा हासिल भएको १८.३ प्रतिशतको वृद्धिदरले यस वर्ष जीडीपीमा ६ प्रतिशतको वृद्धि प्राप्त गर्ने चीन सरकारको लक्ष्यमा सघाउने निश्चित छ। सबै ठीकठाक चलेमा सन् २०२१ मा चीनको वार्षिक आर्थिक वृद्धि आठ प्रतिशतसम्म हुन सक्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले त यस वर्ष चीनको आर्थिक वृद्धि ८.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।

आईएमएफले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। गत वर्ष अमेरिकाको तुलनामा चीनको वार्षिक आर्थिक वृद्धि ५.८ प्रतिशत बढी थियो। यस वर्ष त्यो अन्तर दुई प्रतिशत हुने अनुमान छ, जसले दुई देशबीचको आर्थिक आकारको अन्तरलाई निरन्तर संकुचित गर्दै लगेको देखाउने छ।

अमेरिकाले आफ्नो जनसंख्यालाई तीव्र गतिमा कोभिड-१९ विरुद्ध खोप दिइरहेको छ। यसको मतलब महामारी नियन्त्रणमा रहने छ र आर्थिक वृद्धिमा ठूलो नकारात्मक असर पर्ने छैन।

विश्वका अन्य विकसित अर्थतन्त्रहरूको कथा फरक हुनसक्छ। विश्वव्यापी आर्थिक सुधारमा आफ्नो स्थानबारे चीनलाई जानकारी हुनुपर्छ । त्यसैले अहिलेको आर्थिक वृद्धिमा सन्तुष्ट रहने ठाउँ छैन।

चीनको प्रतिस्पर्धा आफैँसँग छ। चीनको आफ्नै मिसन छ। र, आफ्नै जनताको जीवनस्तर सुधारमा उसको ध्यान केन्द्रित हुनुपर्छ। कोरोना महामारीबाट पीडित साना र मध्यमस्तरका व्यवसायी अनि आम जनताले चाहेको परिवर्तन हासिलका लागि गर्नुपर्ने धेरै काम छ। त्यसैले यस वर्ष चीनसामु आर्थिक सुधारका लागि गर्नुपर्ने कामको सूची लामो छ।

कोभिड-१९ महामारीले व्यवसाय क्षेत्रमा नयाँ अवसरहरू पनि भित्र्याएको छ। तर, महामारीले पारेका केही गम्भीर असरलाई तत्काल ‘रिकोभर’ गर्न सकिने छैन। त्यसबाट भएको परिवर्तनले मानिसलाई समयसँगै अगाडि बढ्न कठिन बनाइदिएको छ। नौलो वातावरण र थपिएका चुनौतिबीच अगाडि बढ्न मानिसलाई सहायता पुर्‍याउने हो भने त्यसले तीव्र आर्थिक वृद्धि हासिल गर्न आधार तयार पार्नेछ।

कतिपय चिनियाँले रोजगारीमा परिवर्तन महसुस गर्न सकेका छैनन्। उनीहरूको आम्दानी पनि वृद्धि भएको छैन। कतिपय मानिसको कमाइ दुई वर्षयता घट्दो क्रममा छ। चिनियाँ अर्थतन्त्र सुधारलाई बलियो पार्न ध्यान दिनुपर्ने यो एक महत्त्वपूर्ण पाटो हो।

अमेरिकी अर्थतन्त्रको वृद्धि केही हदसम्म अधिक मुद्रा छापेर हासिल गरिएको छ। यो ठोस आर्थिक वृद्धि होइन र यसले आम अमेरिकी नागरिकको जीवनस्तरमा सीमित सुधार मात्र गर्नेछ। महामारीले अमेरिकी समाजमा धनी र गरिबबीचको खाडल अझ बढाएको छ।

चीनले आर्थिक विकासमा समावेशीकरणलाई ठूलो महत्त्व दिएको छ। त्यसैले चीन सरकार चिनियाँ जनताको प्रगतिमा केन्द्रित छ भन्ने यसले देखाउँछ।

सन् २०२१ को पहिलो त्रैमासमा हाई-टेक क्षेत्रमा लगानी ह्वात्तै बढेको छ। हाई-टेकको उत्पादन पनि ४१.६ प्रतिशतले बढेको छ। र, हाई-टेक सर्भिस सेक्टरमा लगानी २८.६ प्रतिशतले वृद्धि भएको छ। पछिल्ला वर्षमा हाई-टेक क्षेत्र लगानीको दृष्टिबाट पिछडिएको थियो ।

सन् २०२१ को पहिलो त्रैमासमा १८.३ प्रतिशतको वृद्धिले चिनियाँ समाज मात्र होइन, विश्वलाई नै उत्साहको सञ्चार गराएको छ। विश्वव्यापी आर्थिक सुधारका लागि यो एक प्रस्थानविन्दु पनि हो। निश्चित छ, विश्वका अर्थतन्त्रहरूबीच को पहिले र छिटो महामारीको प्रभावबाट मुक्त हुने भन्ने प्रतिस्पर्धा हुनेछ।

चीनले भने यस वर्ष आफ्ना जनताका लागि उत्कृष्ट आर्थिक तथ्यांक मात्र उपलब्ध गराउने छैन, चिनियाँ नागरिकलाई आर्थिक उन्नतीको आनन्द पनि दिलाउने छ। र, त्यसले भविष्यको सुखद् यात्राका लागि मार्गप्रशस्त गर्नेछ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.