• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

डांगोटेले बनायो नाइजेरियाकै लामो सडक


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

डांगोटे औद्योगिक समूहको सिमेन्ट प्लान्ट विश्वकै सबैभन्दा ठूलो हो। हालै उक्त समूह र संघीय सरकारको पहलमा नाइजेरियाको कोगी प्रान्तमा ४३ किलोमिटर लामो कंक्रिट सडक तयार भएको छ। डांगोटेले ‘कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी’ (संस्थागत सामाजिक उत्तरदायित्व) अन्तर्गत् यो सडक निर्माण गरेको हो।

Advertisement

ओबाजानादेखि कब्बासम्मको यस सडकले नाइजेरियाको उत्तर र दक्षिणलाई जोड्छ। सडक कंक्रिट भएपछि यात्रीलाई सहज भएको गाडी चालकहरू बताउँछन्।

नाइजेरियामा यस्तो लामो र बलियो सडक पहिलोचोटी निर्माण भएको वरिष्ठ इन्जिनियरहरूको भनाइ छ। नाइजेरियाका नागरिकहरू यसलाई भावि पुस्ताका लागि ठूलो अवसर मान्छन्। सडक विकासले समाजमा व्यावसायिक गतिविधि बढाउने र आर्थिक समृद्धिको ढोका खुलेको उनीहरूको भनाइ छ। अहिलेसम्म नदेखिएको विकास देख्न पाएकाले उनीहरू कम्पनीका मालिक अलिको डांगोटे र उनका कर्मचारीको मुक्त कण्ठले प्रशंसा गरिरहेका छन्।

उक्त सडक निर्माणलाई सडक परियोजनाका निर्देशक ओलाटुनबोसुन कालेजाए सामाजिक दायित्वको रूपमा हेर्छन्। साइट इन्जिनियर स्यामुएल ओबीसीले यो दुईलेन सडक मालबाहक सवारीका लागि मद्दतगार हुने बताउँछन्। कंक्रिट गरिएका कारण अन्य पक्की सडकझैँ खाल्डाखुल्डी बन्ने र सडक दुर्घटना हुने जोखिम नरहेको उनका भनाइ छ।

पहिलेजस्तो सडक चिरा पर्ने र फाट्ने सम्भावना नभएकाले अब ट्याक्सी व्यवसाय फस्टाउने यातायात मजदुरहरूको नेसनल युनियनका सदस्य जोन मोसाको विश्वास छ। आपा बुनु राज्यका सामुदायिक नेता साम ओमाजाइल पनि सडक निर्माण भएपछि व्यापारप्रति आकर्षण बढेकाले डांगोटे समूहको प्रशंसा गर्छन्।

अकपटा ल्यान्ड परम्परागत शीर्ष व्यक्ति फ्रेड्रिक बालोगुनले डांगोटे सिमेन्ट उद्योगका मालिक अलिको डांगोटेप्रति कृतज्ञता प्रकट गरे।

उनले भने, ‘डांगोटे भगवानले पठाएका व्यक्ति हुन्। उनको उपस्थितिले नागरिकको जीवनमा परिवर्तन ल्याएको छ र संघीय सरकारले गरेको संयुक्त प्रयास पनि सराहनीय छ।’ यसबाट राज्यमा अपराध दरसमेत घट्ने उनको विश्वास छ।

महिला व्यवसायी भेरोनिका स्यामुएल पनि डांगोटेका कार्यप्रति निकै सहानुभूति राख्छिन्। नयाँ सडकका कारण आफ्नो जीवनमा परिवर्तन आएको उनी बताउँछिन्। उनी आफ्ना बालबच्चालाई विद्यालय भर्ना गरी पढ्न पठाउन सजिलो भएको बताउँछिन्।

सडक मर्मतमै धनराशी खर्च भइरहेकाले नाइजेरियाका सडकलाई कंक्रिट बनाउने क्रान्तिकारी कदमका लागि अलिको डांगोटे तत्पर एवं योजनाबद्द देखिन्छन्। सडक मर्मत खर्चलाई अब देशको अन्य जरूरी उपयोगमा लगाउनुपर्ने उनको भनाइ छ। यस्तो बलियो र भरपर्दो सडक बनेपछि हरेक वर्षात्पछि सडक मर्मत गर्नुपर्ने झण्झट हराउने डांगोटेको भनाइ छ।

डांगोटे समूहले पहिले पनि सामाजिक दायित्वअनुरूप इटोरीदेखि इबेजसम्मको २६ किमी कंक्रिट सडक निर्माण गरेको थियो। जुन २०१६ मा उक्त सडक उद्घटनका बेला बिजुली, निर्माण र आवास मन्त्री बाबातुन्डे राजी फसोलाले महत्वपूर्ण भनाइ राखेका थिए। उनले डांगोटे समूहको संघर्षले नाइजेरियाको औद्योगीकरण र स्वदेशी लगानीका लागि अटुट प्रतिबद्धता प्रदर्शन गरेको उनको भनाइ थियो।

‘कंक्रिट सडक लामो समयसम्म टिक्छ र खाल्डो पर्ने र फुट्ने हुँदैन। अन्य पक्की सडकझैँ धेरै मर्मत गर्नुपर्ने झण्झट रहँदैन। यसले मोटरको इन्धन बचाउँछ र टायरलाई पनि सुरक्षा दिन्छ,’ डांगोटे समूहको कर्पोरेट सञ्चार विभागले भनेको छ, ‘अर्थव्यवस्था सुदृढ पारी व्यापार सहज बनाउन सरकारलाई सहयोग र नाइजेरियाका मानिसप्रति समर्थन जनाउनु नै हाम्रो समूहको दृढ संकल्प र प्राथमिकतामा हो।’

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.