• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अढाइ करोडमा बिक्यो एप्पल संस्थापक जब्सको जागिरको दरखास्त


आइतबार, चैत १५, २०७७ मा प्रकाशित

वासिङ्टन- एप्पल कम्पनी स्थापना गर्नु अगाडि स्टिभ जब्सले १८ वर्षको उमेरमा अमेरिकाको रिड कलेजको पढाइ छाडेका थिए। पढाइ छाडेसँगै अरु कलेज ड्रपआउटहरुले जस्तै जब्सले पनि जागिर खोज्न सुरु गरे। र, जागिरको खोजीमा सबैभन्दा पहिले जब्सले लेखेको मध्येको एक दरखास्त हालै अढाइ करोड रुपैयाँभन्दा बढीमा लिलाम भएको छ।

Advertisement

सन् १९७३ मा जब्सले जागिरका लागि दिएको उक्त दरखास्त बेलायतको चार्टरफिल्डमा भएको लिलामीका क्रममा १ लाख ६२ हजार ब्रिटिस पाउण्ड अर्थात् २ करोड ५८ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम भएको हो।

स्टिभ जब्सले सन् १९७४ मा अटारी कम्पनीमा जागिरमा प्रवेश गर्नुअघि उनले आफ्नै हातले लेखेको जागिरको निवेदनको सक्कल प्रति लिलाम बढाबढमा बिक्री भएको हो।

आफ्नो दरखास्त निवेदनमा उनले आफूसँग फोन नम्बर नभएको तर सवारी चालक अनुमतिपत्र रहेको जनाएका छन्।

साथै विगतका अनुभव भन्ने खण्डलाई उनले खाली छाडेका छन्। त्यस्तै यातायातको पहुँच छ वा छैन भन्ने प्रश्नको जवाफमा उनले सम्भव तर ढुक्क होइन भनेका छन्। शैक्षिक योग्यताको खण्डमा उनले आफ्नो मुख्य विषय अंग्रेजी साहित्य रहेको पनि उल्लेख गरेका छन्।

आफ्नो रुची अन्तर्गत उनले कम्प्युटर डिजाइनिङ तथा क्याल्कुलेटर्सको क्षेत्रमा आफूसँग सीप तथा क्षमता रहेको भन्दै डिजाइन, विद्युतीय प्रविधि र डिजिटल प्रविधिको क्षेत्रमा आफ्नो रुची रहेको निवेदनमा उल्लेख गरेका छन्।

अहिलेको रोजगार बजारमा प्रचलित दरखास्तहरु भन्दा जब्सको दरखास्त निकै सामान्य छ त्यसमा उनले आफूलाई बढाईचढाई गरेका छैनन्।

सन् १९७४ मा अटारी कम्पनीमा जागिर सुरु गरेसँगै जब्सले स्टिभ वोज्नियाकलाई भेटेका थिए र ती दुईले एउटा ग्यारेजबाटै सन् १९७६ मा एप्पल कम्पनीको स्थापना गरेका थिए।

लिलामकर्ताका अनुसार उक्त दरखास्तको सक्कल निकै दुरुस्त अवस्थामा रहेको छ र कागजको सुरक्षाको लागि बाहिरी घेरामा टेप टाँसिएको छ। दरखास्तको सक्कल प्रमाणितका लागि सँगै एउटा पत्र तथा प्रमाणपत्र समेत राखिएको छ।

गत फेब्रुअरी २४ देखि मार्च २४ सम्म भएको लिलामीका क्रममा जब्सको पत्र बढाबढमा बिक्री भएको हो।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.