बेइजिङ- चीनमा आइतबारसम्म कोभिड-१९ विरूद्धको खोप लगाउनेको संख्या १० करोडभन्दा माथि पुगेको छ।
Advertisement
कोभिड-१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद्अन्तर्गत संयुक्त संयन्त्रले आइतबार पत्रकार सम्मेलनमार्फत १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी दिएको हो।
राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्यांकअनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँले खोप लगाएका छन्। चीनले मार्च २४ पछि दैनिक कोभिड-१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ।