• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भब्य दर्शक र प्रस्तुतीसहित सिड्नीमा नेपथ्यको अर्को विशाल फड्को


आइतबार, माघ २९, २०७९ मा प्रकाशित

काठमाडौँ – शुक्रबार आयोजित नेपथ्य कन्सर्टले दक्षिणी गोलाद्र्धमै नेपाली संगीतलाई एउटा नयाँ मानक खडागरिदिएको छ ।

Advertisement

‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्रीभएको देखेर मैले नेपाली संगीतमा नयाँ युग उदाएको महशुस गरेको थिएँ,’ नेपथ्यलाई ब्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला अघिल्लो दिन नै हाउसफूलको सूचना आइसकेको सिड्नी कन्सर्टमा हेर्न आउने दर्शकको आतुरताले ठ्याक्कै समयमा कन्सर्ट सुरुगर्ने हाम्रो नीतिको पनि उच्च सम्मान गरेको देख्दा थप खुशी लाग्यो ।’

 


नेपथ्यप्रेमीहरुले सँधैजस्तै शुक्रबार पनि आफु मात्र रमाएनन्, माथि मञ्चमा प्रस्तुती दिइरहेको कलाकारहरुलाई पनि ब्यापक उर्जा प्रदान गरिरहे । कतिपय गीतमा त मञ्चमा गाएको आवाजभन्दा तल श्रोताहरुले गाएको आवाजको मात्रा चर्को सुनिन्थ्यो । ‘रेशम’ गाउँदा साथमा नगाएको कोहि देखिँदैन थिए भने ‘तालको पानी’ र ‘मै नाचेँ छमछमी’ गाउँदा नहल्लिएर बसेको कोहि देखिँदैन थिए ।

मञ्चमा कलाकार उपस्थित हुनासाथ चर्को आवाज र उफ्राइले कार्यक्रममा दर्शक उत्तेजनाको पारो झल्काइसकेको थियो । यस्तैमा ब्याण्डले उसको स्थापनाकै पहिलो सिर्जना ‘आँगनै भरि’ बाट आफुलाई अघि बढायो । त्यो गीतमा दर्शकहरुको एकाकार आवाजले भब्य ‘कोरस’को सिर्जना गरेको देखिन्थ्यो । यो क्रमले ‘छेक्यो छेक्यो’हुँदै अन्तिमको ‘रातो र चन्द्रसूर्जे’सम्मै नयाँ पुराना सबै गीतमा निरन्तरता पाएको थियो ।

प्रस्तुतीलाई विशेष बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबबाट पनि अझ जोड दिइएको थियो । अष्ट्रेलियामा यतिबेला सबैभन्दा ठूलो अर्थात् १३ सदस्यीय कलाकार, प्राविधिज्ञ र व्यवस्थापकको नेपथ्य टोलीले यात्रा गरिरहेको छ ।

यो कन्सर्टका साथ नेपथ्यले अष्ट्रेलियाकै यस ब्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ । अष्ट्रेलियामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो । त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए । त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ ।

सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहनपुगेका भीँडले निकै बेरसम्म ट्राफिक अस्तब्यस्त पारिदिएको थियो । त्यसपछि सन् २०१५यता लुनापार्कको अडिटोरियममा बारंबार प्रस्तुतभएको नेपथ्यले यसपाला पाँच हजारभन्दा बढी दर्शक अटाउने ‘होडर्न पभिलियन’मा फड्को मारेको हो ।

‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँहरुका हाराहारीमा उभिने सिड्नी मेरोनिम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ । तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ ।’

अमृतले शुक्रबार कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे ।

नेपथ्यका लोकप्रिय गीतहरु प्रस्तुत गर्नेमात्र नभइ देश र नेपालीय पहिचानका प्रति अमृतले प्रकट गरेका प्रत्येक भावनाहरुमा दर्शकले चर्को ताली र आवाजका साथ ऐक्यवद्धता प्रकट गरेका छन् ।

उनले केहि दिनअघि अष्ट्रेलियामा भेटिएका एकजना साथीको उल्लेख पनि गरे जो लामो समयदेखि नेपाल गएका रहेनछन् ।

 

‘पहिले पढाइले जान दिएन, त्यसपछि कामको चटारो, त्यसपछि कोरोना…’
ती साथीले यस्तो तर्क प्रस्तुत गरिरहँदा अमृतलाई दुःख लागेको रहेछ ।

‘परिवारसँग नभेट्न यस्ता थुप्रै बहानाहरु हुनसक्छन्,’ मञ्चबाट अमृतले भने, ‘तर, याद गर्नुस् यस्ता जतिसुकै बहाना भएपनि डाँडामाथिका जुनजस्तै भरे भोली भइसकेका हाम्रा हजुरबा हजुरआमाले पर्खेर बसिरहन सक्ने छैनन् ।’

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराइका दृश्यहरुले पनि यात्रा गरेका थिए । पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाए । गायक अमृतले गीतको खोजीका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका तस्वीरहरुको संकलनबाटै ती दृश्यहरु निकालिएका थिए ।

‘हाम्रो मुलुक धेरै सुन्दर छ,’ गाउँदा गाउँदै बीचमा अमृत भनिरहेका थिए, ‘अर्कोपटक स्वदेश फिर्दा सहरबाट निस्केर गाउँहरुको यात्रा गर्न नछुटाउनु होला । तपाइँका अष्ट्रेलियन साथीहरु छन् भने उनीहरुलाई पनि साथमा ल्याउन नभुल्नु होला ।’

कन्सर्टमा ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

‘यो ब्याण्डको पहिलो एल्बम निस्केदेखि म निरन्तर पछ्याइरहेकी छु र आजसम्म सिड्नीमा भएका सबै कन्सर्ट हेर्नआएकी पनि छु,’ दर्शक घेरामै रहेकी शुशिला शेरचन भनिरहेकी थिइन्, ‘यसरी आफुलाई मनपर्ने ब्याण्ड समयसँगै झन् लोकप्रिय भइरहेको देख्दा खुशी लागिरहेको छ ।’ शुशिलाका अनुसार नेपथ्यले गाउने गीत मात्र नभइ यसले अवलम्वन गर्ने गुणस्तरीयता र मञ्चको प्रस्तुतीले पनि ब्याण्डलाई विशेष बनाएको छ ।

‘आज पहिलो गीत आँगनैभरि गाइरहँदा पुराना तस्बिरहरु पनि पर्दामा बगिरहेको थियो,’ शुशिलाले थपिन्, ‘त्यतिबेला आफ्नै पुराना सम्झनाले फेरि घे¥यो र मैले आँसु थाम्न सकिँन ।’

‘अमृतले गाएका र बोलेका प्रत्येक शब्दमा भीड उत्तेजित भएको देख्दा मलाइ आश्चर्य लागिरहेको थियो,’ कन्सर्ट हेरेपछि गैरआवाशिय नेपाली संघ (एनआरएन)का अध्यक्ष नन्दु गुरुङले भने, ‘शरिरमा काँडा उम्रिरहेकै क्षण मलाइ अब नेपथ्य र अमृत दुवै अमर भए भन्ने लागिरह्यो ।’

 

दर्शक सहभागिता र कार्यक्रम प्रस्तुती दुवैको हिसाबले सिड्नीमा हालसम्म भएका नेपाली कार्यक्रमहरु मध्ये यो नै उत्कृष्ट रह्यो । ५ हजार बढि दर्शक २ घण्टासम्म एकैसाथ रमाएको र कार्यक्रमसँग जोडिएर बसेको देख्नु मेरोलागि अविस्मरणीय अनुभव रह्यो । आयोजक टोलीका प्रदिप पाठकले भने ।

सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्य अष्ट्रेलिया श्रृंखला अब मेलबर्नतर्फ लम्किएको छ । त्यहाँस्थित ‘फोरम हल’मा १३ फेब्रुअरी सोमबारका दिन ब्याण्डले आफूलाई प्रस्तुत गर्नेछ । त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रबार अन्तिम प्रस्तुती दिएर ब्याण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

आइतबार, माघ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.