काठमाडौँ – ‘बिग बोस १६’मा ग्रान्ड फिनालेको अन्तिम सो चल्दैछ । शोका उत्कृष्ट पाँच फाइनलमा प्रियंका चाहर चौधरी, शालीन भानोट, एमसी स्टान, शिव ठाकरे र अर्चना गौतम छन् ।
आगामी आइतबारको ग्राण्ड फिनालेमा बिगबोसले नयाँ विजेता प्राप्त गर्नेछ । अब यी पाँचमध्ये १६ औं सिजनको ट्रफी कसले जित्ला ?
सामाजिक संजालमा सेलेब्सले ट्रफीसँग प्रियंकाको तस्बिर सेयर गर्दै उनले जित्ने बताइरहेका छन् । केहीले प्रियंकालाई लिएर आपत्ति पनि जनाएका छन् । फ्यानले प्रियंकाको जित निश्चित भएको दावी गरिरहेका छन् ।
‘बिग बोस १६’को ट्रफी हातमा लिएकी प्रियंकाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसलाई देखेर कतिपय फ्यानहरु उनी विजेता बनेको भ्रममा परेका छन् । अहिले यो तस्विर फोटोसपको हो कि होइन, त्यसको कुनै जानकारी भने छैन ।
‘बिग बोस’की प्रतियोगी रहिसकेकी अर्शी खानले प्रियंकालाई समर्थन गर्दै उनको ट्रफीसँगको तस्विर सेयर गरेकी थिइन् । उनले लेखेकी छन्, ‘मेरो लागि मात्र प्रियंकाले ट्रफी जित्छिन् । यसअघि अर्जुन बिजलानीले पनि प्रियंकालाई सपोर्ट गर्दै आएका थिए ।