काठमाडौँ । रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् ।
Advertisement
तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत पाउँदा ढुंगेलले ३० हजार ७२९ मत मात्र पाए ।
तामाङ ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तर, पराजित भएका थिए ।