काठमाडौँ । थाइल्याण्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् ।
सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ (मसालेदार र स्वादिष्ट खानुहोस)’ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोष्ट गरिन ।
भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी थिइन् । जसमा धेरै मरेका चमेराहरू थिए । उनले मरेका जनावरमध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन ।
समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छन् । उत्तरी थाइल्याण्डको लाओस सीमा नजिकको एउटा बजारबाट उनले उक्त चेमेरा किनेकी थिइन् ।
उनले आफ्नो खाने कुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क–कोभ–२ (जसबाट कोभिड महामारी फैलियो) संक्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।
उनको भिडियोप्रति इन्टनेटका प्रयोगकर्ताले विभिन्न प्रतिकृया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् ।
सर्वसाधारणको आक्रोशपछि उनको युट्युव च्यानलबाट भिडियो हटाइएको छ । तर, संरक्षित जनावरको मासु खाएको र कम्पयुरजन्य अपराध एन २००७ बमोजिम उनी पक्राउ परेकी छन् । दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवान हुनेछ ।