काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुगेकी छन् । मुक्तिनाथमा गौतम बुद्धको मूर्ति अनावरण गर्न उनी आज मुस्ताङ पुगेकी हुन् ।
Advertisement
बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा राष्ट्रपति भण्डारीले ३५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गर्ने भएकी हुन् । उनले सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै उनी मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुगेकी थिइन् । मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थल हो ।