काठमाडौँ । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । उनी समाजवादी पार्टीका संस्थापकसमेत हुन् ।
Advertisement
यादवको ८२ वर्षको उमेरमा निधन भएको पार्टीले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । उनको एक हप्तादेखि मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।
सन् १९८९ मा पहिलोपटक मुख्यमन्त्री बनेका उनले तीनपटक प्रदेशको नेतृत्व गरेका थिए ।