खाँदबारी- संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार तथा कांग्रेस सभापति दीपक खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। आइतबार अपराह्न जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
Advertisement
उम्मेदवारी दर्ता गराउन कांग्रेस नेता-कार्कर्ता तथा गठबन्धन दलहरूका प्रतिनिधि उपस्थित थिए।
खड्काको प्रस्तावक कांग्रेस नेता टंक राई र समर्थक माओवादी केन्द्रका जिल्ला इन्चार्ज टेकमान राई छन्।
यस्तै, गठबन्धकातर्फबाट प्रदेशसभा ‘क’मा माओवादीका राजेन्द्र कार्की र ‘ख’मा एकीकृत समाजवादीकी सरिता खड्काले पनि उम्मेदवारी दर्ता गराएका छन्।