काठमाडौँ । खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणबाट निधन भएको छ । डेंगुको संक्रमणपछि काठमाडौँ पाटन अस्पताल भर्ना गरिएकी उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।
Advertisement
हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमकी गायिका राईलाई मिर्गौला, कलेजो र फोक्सोमा समेत संक्रमण देखिएको थियो । जन्मेको ६ वर्षमै दृष्टि गुमाएकी गायिका राई खोटाङबाट काठमाडौँ आएर सांगीतिक क्षेत्रमा भविष्य बनाउन संघर्षरत थिइन् ।
छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल उनले राजेशपायल राईलगायतसँग गीत गाइसकेकी थिइन् । सांगीतिक क्षेत्रमा जिल्लामै संघर्ष गरेकी उनी एसईई उत्तीर्णपछि काठमाडौँ आएकी थिइन् ।