काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । गत जुलाई ८ मा जापानी सहर नारामा बन्दुकधारीले आबेको हत्या गरेका थिए ।
Advertisement
साउन १२ गते बुद्ध परम्पराअनुसार उनको अन्तिम संस्कार गरिने भएको हो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बर २७ मा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने घोषणा गरेका थिए ।
अर्को शब्दमा, यो प्रतीकात्मक अन्त्येष्टि हुनेछ । सरकारी शव दाह संस्कारमा करिब एक अर्ब ५५ करोड रुपैयाँ खर्च हुने सरकारको भनाइ छ । जनताले तिरेको करबाट खर्च गरी अन्त्येष्टि गरेको भन्दै जापानमा विरोध भइरहेको छ ।