• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्न नेपालको अग्रणी भूमिका हुनुपर्छ : मन्त्री यादव

मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित

काठमाडाैं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको अग्रणी भूमिका हुनुपर्ने बताएका छन। वन तथा वातावरण मन्त्रालयको आयोजनमा आजदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङपैरवी सम्मेलनमा मन्त्री यादवले अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ नेपालका लागि एउटा महत्वपूर्ण अवसर भएकाले यो मुद्दालाई विश्वव्यापी बनाउने अभियानमा नेपाल लाग्नुपर्ने बताए।

Advertisement

उनले भने, ‘हामी विश्वको सबैभन्दा अग्लो र लामो पर्वत शृङ्खलाका रुपमा रहेको हिन्दू कुश हिमालय क्षेत्रका बासिन्दा हौँ, पर्वतीय विषयमा हाम्रो सबैभन्दा बढी चासो हुनु स्वभाविक हुन्छ, यो अन्तर्राष्ट्रिय वर्ष मनाउन शुभारम्भ गर्ने नेपाल पहिलो मुलुक पनि हो त्यसैले पर्वतीय मुद्दालाई विश्वव्यापीकरण गर्ने अभियानमा नेपालको भूमिका प्रभावकारी हुनुपर्छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपालले आगामी दिनमा पर्वतीय मुद्दालाई जोडदाररुपमा उठाउने र अन्य पर्वतीय मुलुकसँग सहकार्य र समन्वय गर्ने योजना रहेकोसमेत मन्त्री यादवले सो कार्यक्रममा जानकारी गराए।

यसैगरी मन्त्री यादवले अन्तर्राष्ट्रिय पर्वतीय वर्ष समारोहका माध्यमबाट नेपालको पर्वतीय मुद्दा अझ प्रष्ट भई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरे। यो वर्ष खास गरी पर्वतीय जलवायु परिर्वतन, पर्वतीय अर्थतन्त्र, पर्वतीय संस्कृति, पर्वतीय जैविक विविधता, पर्वतीय महिला र पर्वत–समथर अन्तरसम्बन्धलाई छलफलमा ल्याइने उनले उल्लेख गरे।

मन्त्री यादवले नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण रहेकोमा जोड दिए। उनले भने, ‘नेपालजस्तो पर्वतीय मुलुकका लागि यो छलफल निकै महत्वपूर्ण छ, यस छलफलले हिन्दू कुश हिमालय क्षेत्र र विश्व समुदायका बीचमा महत्वपूर्ण ध्यानाकर्षण भएको महसुस गरिएको छ ।’ यस मुस्ताङपैरवी अभियानमा विश्व खाद्य सङ्गठन, इसिमोड, युकेएड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिसिए नेपाल र माउन्टेन पार्टनरसीपको सहभागिता रहेको छ।

मङ्गलबार, असोज ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ३.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

  • ६.
    खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ

  • ७.
    तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

  • ८.
    रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.