काठमाडौँ । झापामा एक १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
Advertisement
किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका ५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ ।
गेलालले किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगर ६ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।